Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुलमान प्रकरणले प्रतिनिधिसभामा निरन्तर अवरोध, भोलिसम्मका लागि बैठक स्थगित


    बुधबार, चैत्र १३ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधि सभाको दोस्रो बैठक पनि विपक्षी दलहरूले अवरोध गरेका छन् ।

    नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउनुको कारण माग गर्दै विपक्षी दलहरूले संसद्का दुवै सदनको बैठक अवरुद्ध गरेका छन् ।

    आजै यसअघि बसेको प्रतिनिधि सभा बैठकमा उनीहरूको विरोधपछि बैठक स्थगित गरिएको थियो । लगत्तै आजै बसेको दोस्रो बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेका हुन् ।

    विपक्षी दलहरुको निरन्तर अवरोधपछि अब बिहिबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार