Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रेस चौतारीको कुन पदमा उम्मेदवारी दिँदा कति तिर्नुपर्ने ?


    सोमबार, चैत्र ११ २०८१
    945
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एमाले पार्टीनिकट पत्रकारहरूको संगठन प्रेस चौतारीको दसौं महाधिवेशन विराटनगरमा चलिरहेको छ।आइतबारबाट सुरू एमाले पत्रकारहरूको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ।

    यसैबीचमा निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। जसमा एमालेका पत्रकारहरूको उम्मेदवारको शुल्क निर्धारण सार्वजनिक गरिएको छ।

    चौतारीको अध्यक्षका लागि उम्मेदवारी दिँदा ३५ हजार तिर्नुपर्छ। यस्तै, पदाधिकारीले २५ हजार, आयोगका अध्यक्षले १५ हजार र केन्द्रीय सदस्य तथा आयोगका सदस्यहरूले १० हजार रुपैयाँ तिर्नुपर्ने छ।

    निर्वाचनको कार्यक्रम विराटनगरको होटल मनास्लुमा राखिएको छ। सार्वजनिक निर्वाचन कार्यतालिका मतदानको समय भने तोकिएको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार