Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक आज पनि


    शनिबार, चैत्र ९ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौ । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ।

    प्रथम महाधिवेशन सम्पन्न भएपछि हिजोबाट सुरू भएको पहिलो केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको हो ।

    मध्यबानेश्वरस्थित सनराइज क्याफेमा बसिरहेको बैठकमा संरक्षक रेशमलाल चौधरी, अध्यक्ष रञ्जिता श्रेष्ठलगायतले समसमायिक राजनीतिक बिषय र अन्य पार्टीसँगको एकीकरण र मोर्चाबन्दीका बारेमा धारणा राख्दै सम्बोधन गरेका थिए ।

     

    बैठकमा पार्टीका प्रमुख संरक्षक रेशम चौधरी जेलमा हुँदा बनेका केन्द्रीय सदस्यहरू, प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू, संस्थापक केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको छ ।

    साथै, पार्टीबाट निर्वाचित सङ्घ र प्रदेशका उम्मेदवार पालिकाका प्रमुख र उपप्रमुखहरू, जसलाई पछि केन्द्रीय समिति सदस्य बनाइएको थियो, उनीहरूपनि केन्द्रीय समिति बैठकमा बस्नेछन् ।
    आज केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि जवाफ दिएर बैठक आजै सकाउने तयारी रहेको छ ।

    उन्मुक्तिको पहिलो महाधिवेशन गत वर्ष पुस २६–२८गतेसम्म कैलालीको टिकापुरमा सम्पन्न भएको थियो । पहिलो महाधिवेशनले रेशम चौधरीको अध्यक्षतामा केन्द्रीय समिति गठन गरे पनि अदालतको आदेशका कारण उनी पदमुक्त हुनुपरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार