Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरवार पुर्‍याएको छ: प्रधानमन्त्री


    बिहिबार, चैत्र ७ २०८१
    900
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरवार पुर्‍याएको बताएका छन् ।

    नेपाल नगरपालिका संघको ३२ औं वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो संघर्ष र बलिदानस्वरुप मुलुकका राजतन्त्रको अन्त्यसँगै बलियो स्थानीय सरकार बनेकाले यसको विकल्प नभएको स्पष्ट गरे ।

    ‘संविधान कार्यान्वयनका क्रममा प्रदेशको स् संरचनाबारे केही बहस भएका छन् तर स्थानीय सरकारबारे कुनै प्रश्न उठेको छैन । त्यसकारण स्थानीय सरकारको कुनै विकल्प छै । जनतालाई सेवा दिने नजिकको सरकार यही हो ।’, जनप्रतिनिधिमाझ प्रधानमन्त्री ओलीले भने, ‘स्थानीय तहका समस्या र मागलाई उचित नीति र कानुनको निर्माण गरेर क्रमशः समाधान गरिनेछ । यसमा तीनै तहका सरकारबीच आवश्यक सहकार्य र समन्वय हुनेछ ।’

    प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउने नाममा भइरहेका गतिविधिप्रति लक्ष्य गर्दै राजतन्त्रकालमा लादिएका निरकुङ्शतालाई जनताले नबिर्सिएकाले गणतन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार