कैलाली । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ७ क्याम्पसको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
सार्वजनिक परिणामअनुसार नेपाल विद्यार्थी संघ (नेविसंघ)ले चार क्याम्पस र माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीले तीन क्याम्पसमा जितेको छ । एमाले निकट अनेरास्ववियुले भने कुनै क्याम्पसमा जित्न सकेको छैन ।
नेविसंघले प्यानलसहित धनगढीको फूलबारी बहुमुखी क्याम्पसमा (भुवन जोशी), भजनीको मोहन्याल बहुमुखी (झंकर बुढा), जोशीपुरको रघुनाथ बहुमुखी क्याम्पसमा (रञ्जित परियार) र टीकापुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा (गोपाल खत्री) जितेको छ ।
धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा मतगणना जारी रहेको छ । तर यहाँ पनि नेविसंघले अग्रता लिइरहेको छ ।
यस्तै, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले तीन क्याम्पसमा जितेको छ । क्रान्तिकारीले लम्की बहुमुखी क्याम्पसाा (तपेद्र प्याकुरेल), बुलबुले बहुमुखी क्याम्पसमा (विवेक चौधरी) र सुखडको राष्ट्रिय कलेजमा (सुन्दर गौतम) जितेको हो ।
चौमाला बहुमुखी क्याम्पसको सभापतिमा भने नेविसंघका दिलबहादुर ताम्राकार र स्वतन्त्र उम्मेदवार योगेन्द्रकुमार जोशीले १२५ बराबर ल्याएका छन् । त्यहाँ नेविसंघले पुनः मतगणना हुनुपर्ने माग गरेको छ । घोडाघोडी बहुमुखी क्याम्पस र बर्दगोरिया बहुमुखी क्याम्पसमा भने तालाबन्दीका कारण स्ववियु चुनाव हुन सकेको छैन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend