Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘राजावादीको सक्रियताको पछाडि अन्तर्राष्ट्रिय शक्तिको चलखेल देखिन्छ, ठूलो दुर्घटना हुनसक्छ’


    मंगलबार, चैत्र ५ २०८१
    845
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजावादीहरूको दौडको पछाडि अन्तर्राष्ट्रिय शक्तिहरूको स्वार्थको चलखेल भएको आशंका व्यक्त गरेका छन्।

    आज झापामा पत्रकारहरूसँग कुरा गर्दै महासचिव ‘विप्लव’ले नेपालमा ठुलो दुर्घटनाको खतरा रहेको बताए। यद्यपि, उनले अहिले जनता गणतन्त्रबाट फर्किहाल्ने मुडमा नदेखिएको बताएका छन्।

    उनले भने, ‘केही चार पाँच जना नेताहरूबाटै देश घुमिरहने स्थितिबाट मुक्त हुनुपर्‍यो। यो ०४६ सालपछि तीनै अनुहारहरू घुमाइरहेका छन्। तिनीहरूले नयाँ नीति पनि दिन नसक्ने, नयाँ नेतृत्व पनि दिन नसक्ने हुँदा असन्तुष्टि बढेको छ। संविधानमा पनि अपूर्णता छ। शासकीय प्रणालीहरू नै स्थिर छैनन्, अहिले चलिरहेको अस्थिर संसदीय प्रणालीबाट जनता निराश भएका छन्, दोस्रो अन्तर्राष्ट्रिय शक्तिहरूले हाम्रो भूराजनीतिमा चलखेल गर्दा खेरी राजतन्त्रको विषय प्रखर भएर आएको जस्तो देखेका छौँ। तर त्यो सहज छैन।’

    उनले राजतन्त्र फर्किने राजनीतिक रूपमा औचित्य पुष्टि हुने आधार नदेखेको बताए। उनले अब गणतन्त्रवादीहरुबीच मात्रै नभएर संसदमा रहेका र संसद भन्दा बाहिर रहेका सबैसँग विमर्श आवश्यक रहेको बताएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार