Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्वाेच्चकाे फैसला संविधान र गणतन्त्र रक्षाका लागि नभएर, अरु बाटो रोज्न नपरोस : पूर्व प्रधानमन्त्री भट्टराई


    बुधबार, पुष २२ २०७७
    3.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले सर्वाेच्च अदालतकाे निर्णय गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्रको रक्षाका लागि हुनेमा विश्वास व्यक्त गरेका छन् ।

    बुधबार सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले  सजिलो बाटोबाट प्रधानमन्त्रीको ‘गैर संवैधानिक’ कदम नसच्याए अरु बाटो रोज्नुपर्ने चेतावनी साेत दिएका छन् ।

    संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन विरुद्धका रिटहरुमाथिको सुनुवाई शुरु भइरहेका बेला डा. भट्टराईले ट्वीट गर्दै अरु बोटो रोज्न नपरोस भनेका हुन् ।

    डा. भट्टराईले भनेका छन्– ‘आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुनेछ । ओलीको गैरसंवैधानिक कदम सच्याउने र नेपाली जनताले इतिहासमा पहिलो पटक संविधानसभा मार्फत निर्माण गरेको संविधान र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्रको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालतको निर्णय हुनसक्छ । अरू बाटो रोज्न नपरोस् ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार