Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ गर्ने संवैधानिक इजलासमा यसअघिकै न्यायाधीश


    बुधबार, पुष २२ २०७७
    2.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमाथि सुनुवाइका लागि संवैधानिक इजलास गठन गरेको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा गठित इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सदस्य छन् । यसअघि गठन भएको संवैधानिक इजलासलाई नै पुन: निरन्तरता दिइएको हो ।

    प्रधानन्यायाधीश जबराको नेतृत्वमा गठित इजलासमा १३ वटा निवेदनहरुको नियमित सुनुवाइ हुने योजना छ । सर्वोच्च अदालतको आदेशअनुसार, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सभामुखले लिखित जवाफ दिइसकेका छन् भने मागेको अरु फाइलसमेत पठाएका छन् ।

    कानुन व्यवसायीहरुले प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटहरू बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने भनी मंगलबार नै निवेदन दिएका छन् । त्यो निवेदनमाथि समेत संवैधानिक इजलासले सम्बोधन गर्नेछ ।

    मागबमोजिम भयो भने मुद्दाको सुनुवाइका लागि बृहत् पूर्ण इजलास गठन हुनेछ भने निवेदनमाथि सम्बोधन नभए संवैधानिक इजलासले नै अब विघटनको मुद्दा सुनुवाइ गर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार