काठमाडौं । विवादित व्यवसायी दुर्गा प्रसाईंले कमल थापा र राजेन्द्र लिङ्देनका कारण राजसंस्थाको अन्त्य भएको आरोप लगाएका छन् । आफ्नो निवासमा पत्रकार सम्मेलन गर्दै उनले कमल थापा र राजेन्द्र लिङ्देनले २०७२ मा हस्ताक्षर गरेका कारण राजसंस्थाको अन्त्य भएको आरोप लगाएका हुन् ।
साथै उनले अहिले माहोल बनेपछि धमीलो पानीमा माछा मार्न आएको बताए । ‘२०७२ सालमा कमल थापा र राजेन्द्र लिङ्देनले हस्ताक्षर नगरेको भए राजसंस्था जाँदैनथ्यो,’ उनले प्रश्न गर्दै भने, ‘अहिले माहोल बनेपछि धमीलो पानीमा माछा मार्न आए उनीहरु । अझ देखाउनका लागि नगरपालिकामा गएर पैसा तिर्ने रु’
उनले माहोल बनेपछि आएका कमल थापा र राजेन्द्र लिङ्देनले आफूलाई सहकार्य गर्न बोलाएको भन्दै आक्रोश व्यक्त गरे । ‘चैतदेखि राप्रपाले आन्दोलन गर्ने रे १ आउनुप¥यो रे । मलाई गोठालोजस्तो सम्झिएछन् । म राजासँगै आन्दोलन गर्छु ।
गोठालासँग सडकमा जान्न । गणतन्त्रको भोज खाएर माहोल बनेपछि आउने ढोक्सा थाप्न रु,’ उनले प्रश्न गर्दै भने, ‘राजालाई सचिवालयले बिगारेको छ । हामी बनाउछौँ । कलियुगको अर्जुन हो दुर्गा प्रसाईं, तपाइँ रथ चलाउनू । ’
त्यस्तै उनले कसैले पनि अहिलेसम्म पूर्वराजालाई सडकमा ल्याउन नसकेको बताउँदै आफूले नै ल्याएको दाबी गरे । ‘पूर्वराजालाई कसैले सडकमा ल्याउन सकेको थिएन, मैले ल्याएँ । तीन वर्षअघि यो अभियान चलाउँदा १२ भाइ मिडियाले खेदो पनि खने । गोरुगाडा चढेर अमेरिका जान लागेको भनेर आलोचना गरे,’ उनले भने ।
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend