Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त


    मंगलबार, पुष २१ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा गोपी न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेकाे छ ।  सोमवार बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेलाई उदयपुर सिमेन्ट उद्योगको महाप्रवन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले न्यौपानेसहित तीनजनाको ना सिफारिस गरेकोमा न्यौपाने नियुक्त भएका हुन्। न्यौपाने लामो समयदेखि व्यापार, हाइड्रो, शिक्षा स्वास्थ्यमा योगदान पुर्याउँदै आएका छन् । त्यस्तै न्यौपानेमा लामो समय उद्योग व्यापारको क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।

    उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा अवस्थित उक्त उद्योग जापान सरकारको सहयोगमा निर्माण भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार