काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पार्टीका नेताहरूविरुद्द अराजक अभिव्यक्ति दिएका छन् ।
शुक्रबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले घुँडा भाँच्ने र गाउँगाउँबाट लखेट्नुपर्ने भन्दै अराजक अभिव्यक्ति दिएका हुन् । उनले देश बचाउन राजतन्त्र र हिन्दु राष्ट्र फर्काउनुको विकल्प नभएकाले आफूलाई साथ दिन आग्रह समेत गरे ।
अहिलेको समय राजा र दुर्गा प्रसाईंको भएको दाबी गर्दै उनले राजालेजसरी रक्तपातविहिन दरबार छाडेझैँ नेताहरूलाई बालुवाटार र सिंहदरबार छोड्न चेतावनी दिए ।
उनले अघि भने, ‘तिमीहरूले छाडेनौँ भने, राजा र मैले आन्दोलन घोषणा गरेका दिन तिमीहरूको हालत के हुन्छ सोच्नुपर्ने हुन्छ । उनले फागुन २५ गते पूर्व राजालाई निर्मल निवास पुर्याउने र त्यो शान्तिपूर्ण हुने बताए ।
त्यस्तै, प्रसाईंले माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा समेत अहिले राजतन्त्रको पक्षमा बहस गर्न थालेको बताए । उनले नेताहरूको छातीमाथि कुल्चेर राजा आउने भन्दै यो व्यवस्था परिवर्तन गर्न प्रहरीले साथ दिए त्यही दिन प्रहरीको एक लाख तलब बनाउने घोषणा गरे ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend