Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कुलमानलाई महावीरको सुझाव- दुख दिने मन्त्रीको क्षेत्रबाट चुनावमा लडेर गुल्ट्याई दिने आँट गर्नुस्


    शुक्रबार, फाल्गुन २३ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । वैज्ञानिक तथा सामाजिक अभियान्ताका रूपमा परिचित डा महावीर पुनले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई राजनितिमा आउन आग्रह गरेका छन् ।

    डा पुनले सामाजीक सञ्जालमा स्टाटस पोष्ट गर्दै प्रत्यक्ष निर्वाचनबाट चुनाव लडेर आफुलाई दुख दिने मन्त्रीलाई चभुनौति दिन आग्रह गरेका हुन् ।

    उनले उर्जामन्त्री दिपक खड्काको क्षेत्रबाट चुनावमा लडेर गुल्ट्याई दिने आँट गर्न सुझाव दिएका छन् ।

    उनले कुलमानलाई ० नम्बर दिने सचिव र सहसचिवको टोलीलाई आफुले माइनस ९९ नम्बर दिने बताउदै त्यस्ता विवेकहीन कर्मचारीले देश डुवाउँछन् र नेताहरुलाई पंगु बनाउने उल्लेख गरेका छन् ।

    उनले भनेका छन्- कुलमान घिसिङलाई ० नम्बर दिने सचिव र सहसचिवको टोलीलाई मैले (९९ अर्थात माइनस ९९ नम्बर दिन्छु । त्यस्ता विवेकहीन कर्मचारीले देश डुवाउँछन् र नेताहरुलाई पंगु बनाउँछन । अनी आफुलाई दुख दिने मन्त्रीकै क्षेत्रबाट अब आउने संघीय चुनावमा लडेर गुल्ट्याई दिने आँट गर्न कुलमान घिसिङलाई सुझाव दिन्छु ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार