काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस निकट नेपाल तरुण दलले प्रनिधिसभा विघटनविरुद्धका आन्दोलनमा सक्रिय रुपमा सहभागी हुन सम्पूर्ण जिल्ला समिति र साे अन्तर्गतका तहलाई निर्देशन दिएको छ ।
तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले जारी गरेकाे परिपत्रमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम रहेको र त्यसविरुद्धका आन्दोलनमा सक्रिय सहभागी हुन तथा गराउन आग्रह गरिएको छ।
प्रतिनिधिसभा विघटनसहित व्याप्त भ्रष्टाचार, कोभिड–१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्धमा नेपाली कांग्रेसले गर्ने विरोध कार्यक्रमलाई अझ प्रभावकारी र सशक्त बनाउनका लागि तरुण दलका जिल्ला समितिले जिल्ला पार्टीसँग समन्वय गरी त्यस जिल्ला समिति अन्तर्गतका सबै तह, तप्का र निकायका तरुणहरुलाई सक्रिय रुपले सहभागी गर्न–गराउन तरुण दल केन्द्रीय समितिले निर्देशन दिएको हो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend