काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नचलाउन भन्दै चेतावनी दिएको छ ।
बिहीबारको संसद् बैठकमा बोल्दै उनले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले कुलमानका बारेमा झुट विवरण संसद्मा सुनाएको भन्दै कुलमानलाई नचलाउन आग्रह गरेका हुन् ।
बिहीबारको संसद् बैठकमा सांसदहरूले उठाएका प्रश्नको मन्त्री खड्काले जवाफ दिएका थिए । जवाफ दिँदै उनले कुलमानले लोडसेडिङ अन्त्य गरेको नभई भारतले गरेको बताए र भारतलाई धन्यवाद दिए ।
मन्त्रीको जवाफपछि लिङ्देनले मन्त्रीले झुट बोलेको बताए । ‘मन्त्रीज्यू झुट बोल्नुभयो। मन्त्रीजस्तो व्यक्तिले संसद्लाई झुटा विवरण दिनु हुँदैन । गलत सुनाउनु हुँदैन । र यहाँ सबै मूर्खमात्र बसेका छन् भनेर ठान्नु हुँदैन’, उनले भने ।
मन्त्रीले रोष्टमबाट कुलमानलाई बोकेर नहिँड्न प्रतिपक्ष दलका नेताहरूलाई भनेकोप्रति पनि लिङ्देन खरो उत्रिए । ‘मन्त्रीज्यू जसरी सबै प्रतिपक्षमाथि खनिनुभयो । कतिपय माननीयले भन्नुभयो एउटा कर्मचारीलाई बोकेर मात्र नहिड्नुस्’, उनले भने, ‘कर्मचारीलाई सरकारले आफ्नो कारिन्दा मात्र ठान्छ भने, नोकर सम्झेर व्यवहार गर्छ भने त्यस्ता कर्मचारीका पक्षमा हामी उभिन्छौँ । हामी कसैलाई अन्याय हुन दिन्नौँ र त्यस्ता झुटा कुरा सुनेर पनि हामी बस्दैनौँ ।’
उर्जामन्त्री खड्काले कुलमानले लोडसेडिङका लागि केही नगरेको जसरी प्रस्तुत भएपछि लिङ्दनेले त्यसको प्रतिवादसमेत गरे । ‘यो कुरा पनि याद राख्नुस् । तपाईंका त्यस्ता झुटा कुरा हामी मान्न तयार छैनौँ । कुलमान घिसिङ ८ वर्ष अगाडि कार्यकारी निर्देशक हुँदाखेरी नेपाल विद्युत प्राधिकरण ३५ अर्ब घाटामा थियो। अहिले ८७ अर्ब कमाएर त्यो ३५ अर्ब तिरेर ५२ अर्ब खुद नाफामा छ।’
कुलमानले केही नगरेको भन्ने सरकारलाई पहिला आफ्नो कार्यसम्पादन हेर्न लिङ्देनले आग्रह समेत गरे ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend