बुटवल । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुटवल कालिका बहुमुखी क्याम्पसले विद्यार्थीको अनलाइन पढाइका लागि निर्माण गरेको डिजिटल स्टुडियोको उद्घाटन गरेका छन् ।
नेपालमै सरकारी क्याम्पसहरुमध्येमा अनलाइन पठनपाठनका लागि पहिलो दावी गरिएको स्टुडियोका माध्यमबाट भौतिक कक्षामा उपस्थित हुन नसक्नेलाई अनलाइनमार्फत भिडियो कक्षामा सहभागी गराइने क्याम्पसले जनाएको छ ।
स्टुडियोको उद्घाटन गर्दै मन्त्री पौडेलले आफू नेतृत्वमा आए पछि संघीय अस्पतालहरुको सेवामा सुधार आएको र नागरिकका जटिल रोगको उपचार सेवा विस्तार तथा सुधार भैरहेको बताए । ‘हामीले स्वास्थ्य सेवा सुधारमा इमान्दार प्रयास गरिरहेका छौं । र पहिले भन्दा केही परिवर्तन भएको पनि छ,’ मन्त्री पौडेलले भने, ‘रोग लाग्न नदिन निरोधात्मक विधिसमेत प्रवद्र्धन गरिरहेका छौं ।’
मन्त्री पौडेलले विद्यालयहरुमा विद्यालय स्वास्थ्य दूत नियुक्त गरेर बालबालिकाहरुमार्फत स्वास्थ्यसम्बन्धी सचेतना समुदायस्तरसम्म पुर्याउने कार्य प्रारम्भ भएको बताए । ‘हाम्रा विद्यालयहरुमा स्वास्थ्य शिक्षा अनिवार्य र पाठ्यक्रम सुधारका लागि शिक्षा मन्त्रालयसँगसमेत सहकार्य गरिरहेका छौं,’ मन्त्री पौडेलले भने, ‘विद्यालय शिक्षाका माध्यमबाट नागरिकमा स्वस्थ जीवनशैलीका प्रभावकारी विधि प्रवद्र्धन गरेर नागरिकलाई स्वस्थ बनाउने हाम्रो प्रयास रहनेछ ।’
मन्त्री पौडेलले नागरिकका स्वास्थ्य उपचारसम्बन्धी विवरण पटक पटक जाँच गर्नु नपर्ने गरी एउटै प्रणालीमा आउने र राज्यले नागरिकको स्वास्थ्यबारे प्रभावकारी तथ्यांक पाउने गरी विद्युतीय चिकित्सा व्यवस्थापन प्रणाली कार्यान्वयनको चरणमा गएकाले यसले स्वास्थ्य सेवामा अर्को योगदान दिने विश्वास व्यक्त गरे ।
क्याम्पस प्रमुख घनश्याम पाठकले डिजिटल प्रविधिबाट कक्षा आउन नसक्नेलाईसमेत ध्यानमा राखेर थालिएको भिडियो अनलाइन कक्षा सरकारी क्याम्पसहरुमा पहिलो भएको दावी गरे ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो। बैठक...
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् । मंगलवार...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन् । आज मंगलवार बसेको...
काठमाडौं। नेपाली कांग्रेसले निर्वाचन निर्देशिका २०८३ जारी गरेको छ। पार्टीको १५ औं महाधिवेशनलाई मर्यादित,व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend