काठमाडौं। प्रतिनिधिसभाको बुधबारको बैठक मुख्यतः तीन विषयले तातेको छ । आकस्मिक र शून्य समयमा आआफ्नो धारणा राख्दै सांसदहरूले तीन विषयमा धेरै चासो राखेका छन् ।
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य नम्बर दिएको र उनलाई सरकारले हटाउन खोजेको भन्दै विपक्षी सांसदहरूले सरकारको आलोचना गरे ।
माओवादी प्रमुख सचेतक हितराज पाण्डेले घिसिङलाई हटाउन सरकारले पटक९पटक स्पष्टीकरण सोधेको र त्यतिले पनि नपुगेर कर्यसम्पादनमा शून्य नम्बर दिएको भन्दै यसबारे रुलिङ गर्न माग गरे । ‘विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निरन्तर स्पष्टीकरण सोध्ने र मूल्यांकनमा शून्य अंक दिइएको सुनेका छौँ,’ पाण्डेले भने, ‘जसले राम्रो काम गरेको छ नाफा लगेका छन् उसलाई शून्य अंक दिएको यो के हो ? सरकारको मूल्यांकन नहेर्ने काम गर्नेको शून्य अंक यो के हो ?’
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पनि कुलमान घिसिङलाई शून्य नम्बर दिएको विषय उठाए । उनले आफ्ना कार्यकर्ता भर्ती गर्नका लागि सरकारले प्राधिकरणबाट घिसिङलाई हटाउन खोजेको टिप्पणी गरे । उनले एउटा कुलमान हटाए हजारौँ कुलमान लिएर आउने चेतावनी दिए ।
राप्रपाकी सचेतक बिना लामाले कार्यसम्पादन मूल्यांकनमा कम अंक ल्याएका प्रधानमन्त्री र मन्त्रीहरूले राजीनामा दिनुपर्ने कि नपर्ने भनेर प्रश्न गरिन् । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउने खेल खेल्नुको उद्देश्य के हो भनेर प्रश्न गरिन् ।
रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री केपी ओलीलाई हिटलर बनेको हो भनेर प्रश्न सोध्ने दुईजना पत्रकारहरूको पास निलम्बन गरिएको विषय संसदमा प्रवेश गराए । उनले सरकारले प्रश्नलाई निषेध गर्न खोजेको बताए । सरकारले प्रश्नमाथि बन्देज लगाउन खोजेको भन्दै९ हिटलर बन्न खोजेको हो रु भन्ने प्रश्न गरे ।
संसद सचिवालयले निलम्बन गरेका दुई पत्रकारको पास आजै फिर्ता गर्न रास्वपा सांसद हरि ढकालले माग गरेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै ढकालले सरकारको दबाब र प्रभावमा रहेर संसद सचिवालयले पास खोसेको आरोप लगाए। ‘संसद् सचिवालयले आज दुईजना पत्रकारको पास खोसेछ। सरकारको दबाब र प्रभावमा रहेर जसरी पास खोसिएको छ, आजै नै ती पत्रकारहरूको पास फिर्ता गरियोस्,’ उनले भने।
संसद् सचिवालयको महासचिवस्तरीय निर्णयबाट ‘सुनौलो नेपाल’ युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठलाई एक महिना संसद भवन प्रवेशमा रोक लगाएको हो।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले केपी ओली कप फुटबलको फाइनलमा दशरथ रंगशालामा भएको घटनालाई संसदमा उठाए । प्रधानमन्त्री केपी ओली उपस्थित भएको उक्त फाइनलमा दर्शकमाथि कुटपिट गर्नेहरूलाई राज्यले संरक्षण गरेको आरोप लगाए । अन्य दलका सांसदहरूले पनि रंगशालामा दर्शक कुट्ने एमाले नेता कार्यकर्तालाई सरकारले संरक्षण गरेको भन्दै आपत्ति जनाए ।
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend