Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा राप्रपाको मोटरसाइकल र्‍याली, ट्राफिक व्यवस्थापन अस्तव्यस्त


    बुधबार, फाल्गुन २१ २०८१
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । राप्रपाका अधिकांश नेता तथा कार्यकर्ताहरू नेपालको राष्ट्रिय झन्डा बोकेर र्‍यालीमा सहभागी भएका छन् ।

    राजधानीका विभिन्न स्थानबाट निस्किएको मोटरसाइकल र्‍याली बबरमहलहुँदै नारायणहिटीसम्म पुगेको हो । राप्रपाको र्‍यालीका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त बनेको छ ।

    ट्राफिक अस्तव्यस्तको असर बागमती करिडोर क्षेत्रका सडकहरूमा पनि परेको छ । बिरलै ट्राफिक जाम हुने करिडोर क्षेत्र (खोला किनारका सडक)भएर यात्रा गर्नेहरु पनि आज जाममा परेका छन् । लामो समय सवारी जाम हुँदा चालक र यात्रुहरु मर्कामा परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार