काठमाडाैैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले पार्टी एकतालाई पूर्णता तथा साङ्गठनिक कामका लागि सुझाव दिन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गृहकार्य टोली बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार र सोमबार बसेको बैठकले उक्त निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
टोलीमा अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन, वेदुराम भुसाल, भीमबहादुर रावल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे र शक्तिबहादुर बस्नेत सदस्य हुनुहुन्छ । टोलीले प्रदेश र जिल्ला कमिटी तथा सबै जनवर्गीय सङ्गठनका पदाधिकारी र पार्टी तथा सङ्गठनको एकीकरणका काम तत्काल पूरा गर्न सुझाव दिने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । टोलीलाई एक साताभित्र सुझाव दिन पनि बैठकले निर्देशन दिएको छ ।
बैठकमा प्रदेश र विभिन्न मोर्चा सङ्गठनको नेतृत्वको जिम्मेवारीमा रहेका स्थायी कमिटीका सदस्यले पार्टीको वर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले पहिलो चरणमा गरेको सङ्घर्षको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको ठहर गर्दै यही पुस १८ गते घोषणा गरिएको सङ्घर्षको कार्यक्रम सफल पार्न सिङ्गो पार्टी पङ्क्तिलाई परिचालन गर्ने निर्णय गरेको छ ।
अध्यक्ष नेपालका अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असफल पारेर प्रतिनिधिसभा पुनःसञ्चालन नगर्दासम्म सङ्घर्ष जारी राख्ने र सङ्घर्षलाई हरहालतमा सफल बनाउने निर्णयसमेत गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्धको सङ्घर्षमा अन्य राजनीतिक दलसँग पनि छलफल गरेर अगाडि बढ्ने निर्णय गरिएको छ ।
बैठकले केन्द्रीय सङ्घर्ष समितिका अतिरिक्त प्रदेश, जिल्ला, पालिका र वडास्तरमा सङ्घर्ष समिति बनाउने र केन्द्रीय सङ्घर्ष समितिको कार्यालय गठन गर्ने निर्णय गरेको छ । केन्द्रीय सङ्घर्ष समितिका सहसंयोजकमा स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराई, पम्फा भुसाल र गणेश साहलाई चयन गरिएको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले प्रतिनिनिधिसभा विघटनविरुद्ध रहेका सबै शक्ति एकताबद्ध भएर आन्दोलनमा जाने गरी सहमति खोज्ने प्रयास भइरहेको बताउनुभयो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend