जनकपुरधाम । शहरी विकास मन्त्री प्रभु साहले प्रचण्डले आफूलाई झुक्याएर हस्ताक्षर लिएको आरोप लगाएका छन् । जनकपुरमा भएकाे एक कार्यक्रममा मन्त्री साहले प्रचण्डलाई प्रश्न गर्दै भने ‘तपाईले प्रभु साहसँग कुन महिनामा के भनेर सही गराउनु भएको थियो?’ ।
‘दुई चोटी प्रधानमन्त्री बनेका प्रचण्ड आफ्नो निर्वाचन क्षेत्रमा समेत विकास गर्न नसक्ने देशमा कसरी विकास गर्ने?’ उनले प्रश्न गरे। उनले प्रचण्ड पदको लोभी रहेकोले माओवादी मुभमेन्ट (कम्युनिस्ट) आन्दोलनलाई प्रचण्डले नै बेचेको आरोप समेत लगाए।
उनले भने, ‘प्रचण्डले मधेशलाई छुट्टै प्रदेश दिने भनेका थिए तर के गरे? युद्धकालमा भनेका थिए मेचीदेखि महाकालीसम्म मधेश दिन्छु तर के गरे? तपाईँहरुलाई जुठ बोल्ने नेता चाहियो वा साँचो बोल्ने?’
पदको लालसामा कम्युनिस्ट आन्दोलन समेत बेचेकोले प्रचण्डको अगाडि पछाडि बस्ने कोही नरहेको भन्दै साहले मोहन बैद्य, बाबुराम भट्टराई, सिपी गजुरेल, बादल सबैले उनको साथ छोडेको बताए।
साथै उनले प्रतिनिधिसभा विघटन गरेर कोही खुशी नरहेको बताएका छन्। प्रतिनिधिसभा विघटन आफैँमा आत्मघाती रहेको उनकाे भनाइ छ ।
‘केही नेता संसद विघटन असंवैधानिक, प्रतिगमन रहेको भनेका छन्, हामी आफैँ संसद विघटनबाट खुशी छैनौँ। प्रधानमन्त्री समेत खुशी छैनन’, मन्त्री साहले भने, ‘को चाहन्छ हामी पाँच वर्षको लागि जितेका छौँ भने तीनै वर्षमा छाडीदिउँ। यसबाट कोही खुशी छैनन्। यो आफैमा आत्महत्या हो। यो विवशता हो।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend