काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निकट मोहनजंग थापा अमेरिकामा पक्राउ परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्यसमेत रहेका लामिछाने गतहप्ता अमेरिकाका पेन्सिलभेनियाको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् । थापालाई अहिले फिलाडेल्फिया संघीय हिरासतमा राखिएको छ ।
थापा गएको हप्ता सभापति लामिछानेको परिवार र रास्वपा नेता डीपी अर्याल, शिशिर खनालसहित नक्सालको एक रेष्टुुरेन्टमा डिनर गरी भोलिपल्ट अमेरिका उडेका थिए । कतार हुँदै अमेरिका पुगेपछि उनी पक्राउ परेका थिए ।
अमरिकी आप्रवासन तथा भन्सार प्रबर्तन(आईएस)ले थापालाई पक्राउ गरेको बताइएको छ ।
थापा अमेरिकी ग्रिनकार्ड होल्डर हुन् । उनी लामिछाने थुनामा पर्नेबित्तिकै नेपालमा आएर उनलाई धरौटीमा छुटाउन क्रियाशील थिए । पोखरादेखि भैरहवा हुँदै चितवनसम्म उनी रविलाई थुनामुक्त गराउन सक्रिय थिए ।
अमेरिकामा थापाबिरुद्ध चेक बाउन्स, ठगीमा यसअघि नै कारबाही भइसकेको छ ।
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend