काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीसँगको सहकार्यबाट मुलुक बन्न सक्दैन भन्ने निष्कर्षसहित काँग्रेससँग सत्तासहकार्य गरिएको बताएका छन् ।
एमाले पेसागत विशेष जिल्ला कमिटीले शुक्रबार काठमाडौंमा गरेको प्रशिक्षक प्रशिक्षणलाई सम्बोधन गर्दै उनले माओवादीसँगको सहकार्यले समृद्धिको सपना साकार पार्न नसकिएपछि दुई ठूला दल मिल्न बाध्य भएको बताएका हुन् ।
संविधान जारी भएपछिको पहिलो निर्वाचनमा एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन बनाएर निर्वाचनमा भाग लिएका थिए । जनताले झन्डै दुई तिहाइ मत दिएपछि दुई पार्टी मिलेर बलियो सरकार बनेका थिए । त्यसैक्रममा दुई पार्टी एकतासमेत भएको थियो र नेकपा बनेको थियो । तर, त्यस्तो सरकार पनि साढे तीन वर्षभन्दा लामो समय टिक्न सकेन ।
सोही प्रसंग उठाउँदै एमाले महासचिव पोखरेलले कमजोर धरातलमा माओवादीसँग एकता गरिएकाले त्यसबेलाको सरकारले पनि काम गर्न नसकेको उनको भनाइ थियो । माओवादीसँगको पार्टी र सत्तासहकार्य दुवै गलत साबित भएपछि विकासको जनअपेक्षा पूरा गर्न काँग्रेससँग मिलेर सरकार बनाइएको उनको भनाइ छ ।
‘विसं २०७४ मा राजनीतिक दलले काम गर्ने वातावरण तयार भए पनि त्यतिबेलाको सरकारले राम्रोसँग काम गर्न पाएन,’ महासचिव पोखरेलले भने, ‘कमजोर धरातलमा गरिएको एमाले र नेकपा (माओवादी केन्द्र)को एकतापछि बनेको नेकपा र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पनि काम गर्न समस्या भयो ।’
उनले देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएपछि थप समस्या उत्पन्न हुन नदिन पनि दुई ठूला राजनीतिक दल मिलेर काम गर्न थालेको बताए ।
‘मुलुकलाई अगाडि बढाउने कोसिस भइरहेको छ । अब हाम्रो समय अलमलमा बित्दैन । हाल देखिएका समस्या समाधान गर्न काम भइरहेको छ । नयाँ सरकार बनेपछि आर्थिक सुधारको प्रक्रियामा केही प्रगति भएको छ,’ महासचिव पोखरेलको भनाइ छ, ‘लगानीको वातावरण तयार भएको छ । ब्याजदर घटेको छ । पुँजीगत खर्च वृद्धि भएको छ । पहिलेभन्दा कर उठ्न थालेको छ । मोटामोटी आर्थिक सूचक सुधारोन्मुख छ ।’
उनले नेपाली काँग्रेस र एमाले मिलेर सरकार बनाए पनि आगामी निर्वाचनमा विना गठबन्धन एक्ला एक्लै चुनाव लड्ने बताए । ‘गठबन्धन गर्दा साना पार्टी संसद्मा रहिरहने र तिनले अस्थिरता सिर्जना गरिरहने अवस्था कायमै रहन्छ । त्यसको अन्त्य हुनुपर्दछ भन्ने मान्यताका साथ हामी एक्ला एक्लै चुनावमा जान्छौँ,’ उनले भने ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend