काठमाडौं – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेशबारे विभिन्न राजनीतिक दलका नेताहरु र विज्ञहरुको सहभागितामा अन्तरक्रिया गर्ने भएको छ । जसपा नेपाल निकट बौद्धिक पेसाकर्मी महासंघ नेपालले विभिन्न राजनीतिक दलका शीर्ष नेता र विज्ञहरुको सहभागितामा भूमि अध्यादेशमाथि अन्तरक्रिया गर्न लागेको हो ।
काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी ब्यांक्वेटमा शुक्रबार दिउँसो आयोजना हुने अन्तरक्रियामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतलाई आमन्त्रणा गरिएको छ ।
विज्ञ वक्ताको रुपमा विजयकान्त कर्ण, डा. उमाशंकर प्रसाद, गोपीनाथ मैनाली, शेखर यादव, माधव देव र नागेन्द्रप्रसाद यादवलाई आमन्त्रित गरिएको छ । सरकारले ल्याउन लागेको ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेश राष्ट्रको हितमा नरहेको किटान गर्दै जसपा नेपालले त्यसको विपक्षमा मतदान गर्ने औपचारिक निर्णय गरिसकेको छ । भूमि अध्यादेश पारित भए देशभरिकै सार्वजनिक जग्गाको चरम दुरुपयोग हुने भन्दै जसपा नेपालको अडानले गर्दा ती अध्यादेशहरु अहिले संसदमा अलपत्र परेका छन् ।
सबै अध्यादेव पारित गर्ने सरकारको रणनीति छ । तर त्यसमा जसपा नेपालको साथ महत्वपूर्ण हुन्छ । जसपाका राष्ट्रियष् सभामा तीन सांसद छन् । उपेन्द्र यादवले साथ दिएमा ओली सरकारलाई अध्यादेश पास गर्न सहज हुन्छ । नत्र नैतिक संकटमा प्रधानमन्त्री केपी ओली पर्ने अवस्था छ । जसपाले साथ नदिएमा सरकारले ६० दिनसम्म भुमिसम्बन्धी अध्यादेशलाई अघि नबढाउने बुझिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend