Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • सुदूरपश्चिम प्रदेशका सांसदहरू भेट्न काठमाडौँ आए प्रचण्ड, आजै विराटनगर फर्किने


    बुधबार, फाल्गुन १४ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गर्न काठमाडौं आएका छन् ।

    तराई(मधेश जागरण अभियान अन्तर्गत विराटनगरका रहेका प्रचण्ड सुदूरपश्चिम प्रदेशका सांसदहरू भेट्न काठमाडौं आएका हुन् । उनको सचिवालयका अनुसार उनी आजै (बुधबार) साँझ ५ बजे विराटनगर नै फर्किनेछन् । भोली (बिहीबार) सुनसरीमा आयोजित अभियान अन्तर्गतका कार्यक्रममा सरिक हुन उनी आजै फर्किन लागेको बताइएको छ ।

    माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा विवाद छ । १२ माघ २०८० मा बहुमत सासंदहरूले संसदीय दलका नेताबाट खगराज भट्टलाई हटाएर मानवहादुर धामीलाई बनाएका थिए । त्यसयताको विवाद मिलेको छैन ।

    विवाद मिलाउन खगराजलाई दलको नेता भन्दा माथिल्लो वरीयतामा राख्ने निर्णय भएता पनि विवाद मिलेको छैन । माओवादी अध्यक्ष प्रचण्डले भने खगराजलाई नै दलको नेता बनाउन आग्रह गर्दै आएका छन् ।

    बुधबार पनि दलको नेताको विषयमै छलफल हुने नेताहरू बताउँछन् । सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका ११ जना सासंद छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार