Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सभापतिको द्वैध भूमिकामा प्रश्न उठ्ने


    आइतबार, पुष १९ २०७७
    875
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । पुस ७ देखि जारी केन्द्रीय समिति बैठक पुस १० मा स्थगित गरी देशब्यापी बिरोध प्रदर्शनमा लागेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको सबै शक्ति एकढिक्का भएर बिरोधमा उत्रिनुपर्नेमा कांगं्रेस सभापति देउवाले भित्रभित्रै सरकारलाई सहयोग गरेको आरोप लाग्दैआएको छ ।

    संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याइसकेपछि गरिएका संवैधानिक नियुक्तिमा देउवाले १३ वटा पदमा भागबण्डा गरेको आरोप छ । पछिल्ला दिनमा त ओली र देउवाबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएका कुरा समेत बाहिर आएका छन् । सभापति देउवाले सरकारसँग भागबण्डा लिने र आन्दोलनको नाटक पनि गर्ने गरेको बिषयमा आजको केन्द्रीय समिति बैठकमा कुरा उठ्ने भएको छ ।

    प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए । उक्त कदमलाई कांग्रेसले असंवैधानिक, अलोकतान्त्रिक भनेको छ । असंवैधानिक र अलोकतान्त्रिक कदमका बिरुद्ध सबै शक्ति एक ढिक्का भएर बिरोध गर्न नेकपा प्रचण्ड–माधव पक्षले आग्रह गर्दा देउवा तर्किंदैआएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार