काठमाडौं । देशकै पुरानो र ठूलो अस्पतालमा केही कर्मचारी र मेडिकल माफियाको मिलेमतोमा चरम अनियमितता भइरहेको छ ।
पद सानो भए पनि कतिपय कार्यालयमा खरिदमा सेटिङ त्यस्तै कर्मचारीको रहँदैआएको छ । तल्लो दर्जाको कर्मचारी त्यो पनि श्रेणीबिहीनलाई बढुवा हुने आशा पनि हुन्न । कारबाहीको भय पनि नहुँदा उनीहरु जस्तोसुकै अनियमितता गर्न पनि तम्सिने गरेका छन् । त्यस्तै भएको छ वीर अस्पतालमा पनि । पद कार्यालय सहयोगी भए पनि वीर अस्पतालका नवराज धिताल ५ बर्षदेखि मेडिकल स्टोरमा कार्यरत छन् । उनी एक राजनीतिक दलका संगठित सदस्य हुन् ।
स्वास्थ्य सेवा ऐन, प्रतिष्ठानको नियम, अख्तियार ऐन, राजनीतिक दल सम्बन्धी कानुनअनुसार उनी कर्मचारी हुन नपाउने हो । अस्पताल निर्देशकले उनलाई बर्खास्त गर्नुपर्ने खालका क्रियाकलापमा उनको संलग्नता भएका तथ्यहरु प्राप्त भएका छन् । धितालले वीर सहकारी संचालन गरी अस्पतालका कर्मचारीको रु. ३५ लाख भन्दा बढी अपचलन र ठगी गरेको आरोप छ ।
मेडिकल स्टोरमा बसी खरिदमा अनयमितता गर्दै अकूत सम्पत्ति आर्जन गरेको आरोप धितालमाथि लाग्ने गरेको छ । उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्यास)का उपकुलपति र अस्पतालका निर्देशकलाई समेत तर्साएर आर्थिक लाभ लिंदै कर्मचारी भर्नामा आफूनिकटलाई जागिर खुवाउने गरेको आरोप छ । मेडिकल स्टोरमा निःशुल्क आएको सामान बिल बनाई भुक्तानी गराई कमिसन लिने गरिएको छ ।
स्टोरको मौज्दात खर्च बढी देखाई घोटाला हुँदैआएको छ । धितालले केही समय अगाडि मेडिकल स्टोरमा आएको रु. १० लाखको सर्जिकल ग्लोब्स लाजिम्पाटका ब्यापारीले गाडीमा चालकसहित पठाएका थिए । उक्त सामान सर्जिकल भवनको स्टोरमा धिताललाई जिम्मा दिएका थिए । तर पछि सामान नबुझेको भनी सो सामान गायब बनाएको आरोप धितालमाथि लाग्ने गरेको छ । उनले अस्पतालमा ब्यापारीसँग र लेखाका कर्मचारीसँग मासिक कमिसन उठाउने गरेको आरोप छ । एक ब्यापारी भन्छन्–धितालको असुली धन्दा बिगत ५–७ बर्षदेखि छ । अस्पतालमा भइरहेको अनियमितताका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायतका निकायमा छानबिन र कारबाहीका लागि पटक–पटक उजुरी परेको छ तर हालसम्म कुनै कारबाही भएको छैन ।
वीर अस्पतालका अर्का कर्मचारी हुन् इलेक्ट्रिसियन (लिफ्टम्यान) बैकुण्ठ लुईटेल । उनी जनरल स्टोर प्रमुख हुन् । उनको सेवा प्रवेश गर्दाको शैक्षिक योग्यता र तालिम नभई नक्कली रहेको अस्पताल प्रशासन स्रोत बताउँछ । छत्रे देउराली धादिङका बैकुण्ठ लुइँटेलले मंगलोदय माध्यमिक बिद्यालय थानकोटबाट २०४८ मा एस.एल.सी. पास गरे । उनका काका बा जँुगे बा भन्ने वीर अस्पतालको निर्देशक कार्यालयमा सहयोगीको रुपमा काम गर्थे । सोही समयमा लुइँटेलले २०५४ असार २६ मा वीर अस्पताल विकास समितिका निर्देशक डा. माधव दाहाललाई लिफ्ट असिस्टेन्टमा म्यादी नियुक्ति पाउँ भनी निवेदन दिए । सो निवेदन दर्ता नं ४५९५ मा दर्ता भई ज्यालादारीमा नियुक्ति भई काम गर्न थालेका हुन् । सो पदका लागि आवश्यक तालिमसमेत उनले लिएका थिएनन् । सोही पदमा उनले विना तालिम र योग्यता २०६३ चैतसम्म वीर अस्पतालमा मर्मत सम्भार शाखामा रही काम गरे ।
२०६३ चैतमै वीर अस्पतालले स्थायी बिज्ञापन खुलायो । उनले पदपूर्ति समितिलाई प्रभावमा पारी विनातालिम र योग्यता वीर अस्पतालको बिबिध सेवा, इलेक्ट्रिक मेकानिक्स, द्वितीय, प्राविधिक पदमा २०६४ चैतमा स्थायी नियुक्त भई मर्मत सम्भार शाखामा काम शुरू गरे । सो पदमा स्थायी हुन निम्नतम शैक्षिक योग्यता भनेको एसएलसी पास र सम्बन्धित बिषयमा कम्तीमा एक बर्ष नेपाल सरकारबाट मान्यताप्राप्त संस्थाबाट तालिम प्राप्त गरेको हुनुपथ्र्यो । तर उनीसँग त्यो तालिमप्राप्त योग्यता थिएन तर पनि उनलाई स्थायी नियुक्ति दिइयो ।
यसरी सेवामा प्रवेश गरेका लुईँटेल जनरल स्टोरको प्रमुख भएका छन् । उनले जनरल स्टोरमा अनियमितता गरेको आरोप छ । वीर अस्पताल सहकारीको लाखौं रुपैयाँ अनियमिततामा उनी पनि मुछिएका छन् । अस्पतालको जनरल स्टोरमा फर्निचर, सोफा, कुर्सी, सरसफाइका सामान, कागज, डटपेन, कार्पेट, पर्दा गुणस्तरहीन मगाएर दोब्बर तेब्बर बढी बिल बनाउन लगाई करोडौं भ्रष्टाचार गरेको आरोप लुईटेलमाथि लाग्दैआएको छ । उनी बिगत ६ बर्षदेखि स्टोर प्रमुख छन् ।
लुइँटेलले अस्पतालमा कर्मचारी नियुक्तिमा समेत निर्देशकको नाम लिएर पैसा उठाउने गरेको आरोप छ । व्यापारी र एकाउन्टेन्टलाई धम्क्याउँदै मासिक कमिसन लिने गरेका छन् । जनरल स्टोरमा व्यापक छानबिन गरेमा उनको अनियमितता सबै देखिन्छ । उनको अकूत सम्पत्तिमाथि छानबिन गरेमा सबै थाहा हुन्छ ।
धिताल र लुइँटेलले अस्पतालको क्यान्टिन (गुजेश्वरी होटल) गार्ड(के फोर्स) र सरसफाइको टेण्डर स्वीकृत गराउँदा अनियमितता गरेको आरोप छ । जसमा झन्डै १ करोड ६५ लाख भन्दा बढी घुसको चलखेल भएको चर्चा अस्पतालमा हुँदैआएको छ ।
अस्पताल कर्मचारी, दर्जनौं व्यापारीले यी अस्पतालका रैथाने कर्मचारी धिताल र लुईटेललाई कारबाहीको माग गरेका छन् । यही फागुन ४ गतेदेखि रिक्त वीर अस्पतालको निर्देशकमा आफूनिकटलाई ल्याउन शक्तिकेन्द्रमा पैसा बुझाउनुपर्छ भनी दर्जनौं व्यापारीसँग सहयोग समेत मागेको आरोप छ । नयाँ निर्देशक आएपछि ठेक्कापट्टाको काम दिने र पुराना ब्यापारीलाई पुरानो भुक्तानी चाँडै गराइदिने आश्वासन दिएर उनीहरुले ठूलो रकम सहयोग उठाइरहेको स्रोतको दाबी छ ।
ब्यापारीहरु नदिए काम नदिने त्रास र पुरानो भुक्तानी नहोला भनेर सहयोग गर्न बाध्य भएका छन् । धिताल र लुईटेलमाथि कोभिड कालदेखिको अक्सिजन खरिद, क्वारेन्टाइन, होटल बास खर्च, उपकरण खरिद, कर्मचारी भर्नामा असुली धन्दा गरेको, मेडिसिन खरिदमा अनियमितता, सहकारी ठगी, स्टोरमा अनियमितता गरेको लगायत बिषयमा राष्ट्रिय सतर्कता केन्द्रले समिति बनाएर अस्पतालसँग कागजात मागी छानबिन गरिरहेको छ ।
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएकी छन् । राष्ट्रिय सभाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend