काठमाडौैं । वीर अस्पतालमा मेडिसिन र सर्जिकल ब्यापारीलाई भुक्तानी दिंदा पहिल्यै भुक्तानी रकमको १० प्रतिशत नगदै नजराना लेनदेन हुने गरेको छ । अस्पताल फार्मेसी टेन्डरमा आफूनिकट वा आफूलाई कमिसन दिने फर्मलाई छनोट गर्न दबाब दिने गरिएको छ ।
अस्पतालमा करार कर्मचारीको म्याद थप्नुपर्दा लेखाको राय दिंदा कर्मचारीसँग बार्गेनिङ गर्ने गरेको आरोप लेखा अधिकृत वीरसिंह राईले लिने गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका निकायमा परेको छ ।
अस्पतालमा बिरामीलाई खुवाउने खाना, खाजा, अक्सिजन र पानीमा पनि ब्यापारीले पहिल्यै कमिसन दिनुपर्ने बाध्यता रहेको उजुरीमा उल्लेख छ । कमिसन नदिए दुःख दिंदै भुक्तानी रोक्का राख्ने गरिएको छ । लेखाप्रमुख राईले अस्पतालमा अत्यावश्यक प्रयोगशाला केमिकलको टेण्डर फाइल अघि नबढाउँदा आज (२०८२ चैत ३) देखि अस्पतालका जाँचपड्तालहरु बन्द भई गरिब बिरामी निजी अस्पताल जान बाध्य हुँदैआएका छन् ।
वीर अस्पतालको खरिद शाखाका एक कर्मचारीको प्रश्न छ–‘राई वीर अस्पतालको प्रयोगशाला जाँच बन्द गराई कतै निजी अस्पताल र अस्पताल कम्पाउण्डसँगै रहेको क्लिनिकसँग कमिसन त लिँदैछैनन् ?’ तत्कालै बिग्रिएका सामान मर्मत गर्दा पनि भुक्तानी दिँदा व्यापारीलाई यो मिलेन त्यो मिलेन भन्दै दुःख दिने गरिएको छ । सबै कर्मचारीलाई आफू अख्तियारमा बसेर आएको हुँ भन्दै यस्तो अनियमितता गर्दैआएको उजुरीमा उल्लेख छ ।
उजुरीमा उल्लेख छ–राईले भनेको नमाने वा उचित कमिसन नदिए उल्टै अख्तियार लगाइदिन्छु भन्दै तर्साउने गरेका छन् । राईका कारण अस्पतालका कर्मचारी त्रसित छन् । अख्तियारले उनी अस्पताल गएपछि भएको ब्यापारिक गैरकानुनी भुक्तानी तथा अन्य रोक्का फाइल अध्ययन गर्न पनि उजुरीमा अनुरोध गरिएको छ । लेखाअधिकृत राई अस्पतालमा सरुवा भएर आएदेखि नै विवादमा परेका छन् ।
अस्पतालमा व्यापक अनियमितता गरेको भन्दै अस्पतालमा कार्यरत कर्मचारीले प्रधानमन्त्री कार्यालय, राष्ट्रिय सर्तकता केन्द्र अर्थमन्त्रालय, महालेखा नियन्त्रकको कार्यालयमा उजुरी दिएका छन् । अस्पताल सुधार अभियान–२०८२ को नाममा अख्तियारमा उजुरी परेको छ । वीर अस्पतालको खरिदमा भएको भ्रष्टाचार र अख्तियारमा परेको उजुरीका बारेमा लेखाअधिकृत राईसँग प्रतिक्रियाका लागि प्रयास गर्दा सम्पर्क हुन सकेन । सम्पर्क भएपछि उनको प्रतिक्रिया राख्ने नै छौं ।
काठमाडौं। बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ। मन्त्रालयले मंगलबार नुवाकोटका...
काठमाडौँ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत...
काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रको स्वास्थ्य सेवाको अवस्था, स्थानीय नागरिकका स्वास्थ्य आवश्यकता तथा सम्भावित स्वास्थ्य जोखिमको स्थलगत अवलोकन गर्न स्वास्थ्य...
काठमाडौं । विपदबाट प्रभावित नागरिकको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भदौ १० गतेदेखि नै प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, औषधि,...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा अत्यावश्यक स्वास्थ्य सामग्री अभाव हुन नदिन अहोरात्र लागिरहेकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend