काठमाडौैं । वीर अस्पतालमा मेडिसिन र सर्जिकल ब्यापारीलाई भुक्तानी दिंदा पहिल्यै भुक्तानी रकमको १० प्रतिशत नगदै नजराना लेनदेन हुने गरेको छ । अस्पताल फार्मेसी टेन्डरमा आफूनिकट वा आफूलाई कमिसन दिने फर्मलाई छनोट गर्न दबाब दिने गरिएको छ ।
अस्पतालमा करार कर्मचारीको म्याद थप्नुपर्दा लेखाको राय दिंदा कर्मचारीसँग बार्गेनिङ गर्ने गरेको आरोप लेखा अधिकृत वीरसिंह राईले लिने गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका निकायमा परेको छ ।
अस्पतालमा बिरामीलाई खुवाउने खाना, खाजा, अक्सिजन र पानीमा पनि ब्यापारीले पहिल्यै कमिसन दिनुपर्ने बाध्यता रहेको उजुरीमा उल्लेख छ । कमिसन नदिए दुःख दिंदै भुक्तानी रोक्का राख्ने गरिएको छ । लेखाप्रमुख राईले अस्पतालमा अत्यावश्यक प्रयोगशाला केमिकलको टेण्डर फाइल अघि नबढाउँदा आज (२०८२ चैत ३) देखि अस्पतालका जाँचपड्तालहरु बन्द भई गरिब बिरामी निजी अस्पताल जान बाध्य हुँदैआएका छन् ।
वीर अस्पतालको खरिद शाखाका एक कर्मचारीको प्रश्न छ–‘राई वीर अस्पतालको प्रयोगशाला जाँच बन्द गराई कतै निजी अस्पताल र अस्पताल कम्पाउण्डसँगै रहेको क्लिनिकसँग कमिसन त लिँदैछैनन् ?’ तत्कालै बिग्रिएका सामान मर्मत गर्दा पनि भुक्तानी दिँदा व्यापारीलाई यो मिलेन त्यो मिलेन भन्दै दुःख दिने गरिएको छ । सबै कर्मचारीलाई आफू अख्तियारमा बसेर आएको हुँ भन्दै यस्तो अनियमितता गर्दैआएको उजुरीमा उल्लेख छ ।
उजुरीमा उल्लेख छ–राईले भनेको नमाने वा उचित कमिसन नदिए उल्टै अख्तियार लगाइदिन्छु भन्दै तर्साउने गरेका छन् । राईका कारण अस्पतालका कर्मचारी त्रसित छन् । अख्तियारले उनी अस्पताल गएपछि भएको ब्यापारिक गैरकानुनी भुक्तानी तथा अन्य रोक्का फाइल अध्ययन गर्न पनि उजुरीमा अनुरोध गरिएको छ । लेखाअधिकृत राई अस्पतालमा सरुवा भएर आएदेखि नै विवादमा परेका छन् ।
अस्पतालमा व्यापक अनियमितता गरेको भन्दै अस्पतालमा कार्यरत कर्मचारीले प्रधानमन्त्री कार्यालय, राष्ट्रिय सर्तकता केन्द्र अर्थमन्त्रालय, महालेखा नियन्त्रकको कार्यालयमा उजुरी दिएका छन् । अस्पताल सुधार अभियान–२०८२ को नाममा अख्तियारमा उजुरी परेको छ । वीर अस्पतालको खरिदमा भएको भ्रष्टाचार र अख्तियारमा परेको उजुरीका बारेमा लेखाअधिकृत राईसँग प्रतिक्रियाका लागि प्रयास गर्दा सम्पर्क हुन सकेन । सम्पर्क भएपछि उनको प्रतिक्रिया राख्ने नै छौं ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको दरबन्दी १२ औं तहको हो । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ औं तहका बालरोग बिशेषज्ञ डा....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend