काठमाडौं । पशुपतिको आर्यघाटमा लास जलाउने विद्युतीय मेसिन खरिदमा भ्रष्टाचार गर्ने पशुपति विकास कोषका सदस्यसचिवदेखि कर्मचारीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गर्न बाध्य भएको छ । पशुपतिनाथको परिसरमा सबदाह मेसिन खरिद गर्दा समेत भ्रष्टाचार हुनु चरम अनैतिक कुरा हो ।
पशुपतिनाथ परिसरमा मात्र होइन, अस्पताल जस्तो मानवीय सेवा दिने ठाउँमा खरिददेखि बिरामीका लागि खाजा खाना खुवाउने क्यान्टिनको ठेक्कामा समेत अस्पतालका कर्मचारीले भ्रष्टाचार गरेका छन् । र, तिनै कर्मचारीले कमिसनको लोभ गर्दा बिरामीले गुणस्तरहीन खाजा खाना खान बाध्य भएका हुनुपरेको छ । गुणस्तरहीन खाना मात्र खानुपरेको छैन, कर्मचारीको कमिसनको लोभले गर्दा महंगो मूल्य समेत तिर्न बाध्य हुनुपरेको छ । यहाँ उठाउन खोजिएको बिषय मुलुकको सबैभन्दा पुरानो वीर अस्पतालको चमेनागृहको ठेक्कामा भएको अनियमितताको हो ।
वीर अस्पतालमा कीर्ते कागजात पेश गर्ने चमेनागृहलाई हटाई सो चमेनागृह संचालन गर्न दिने दोषीलाई करबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि विभिन्न निकायमा उजुरी परेको छ । उजुरीमा अस्पतालमा गैरकानुनी रुपमा क्यान्टिन (चमेनागृह) हटाउन र दोषीमाथि कारबाही गर्न माग गरिएको छ ।
वीर अस्पतालले चमेनागृह संचालनका लागि २०८१ कात्तिक ९ सूचना प्रकाशित गरेकामा गुजेश्वरी होटल प्रा लि, जी एन्ड बी क्याफे, सुनिल क्यान्टिन तथा कपडा पसल, शिवांश फूड एन्ड क्यान्टिन, आरएस मल्टिप्रपोज, नारायणी चमेनागृह र ग्रिनवर्ड बेकरी क्याफेले बोलपत्र प्रस्ताव पेश गरेका थिए ।
ठेक्का मूल्यांकन समितिमा रहेका लेखाका उपसचिव हिमलाल अधिकारी, लेखाअधिकृत महानराज ओलीले योग्यता नै नपुगेको गुजेश्वरी होटल प्रालिलाई २०८१ मंसिर २२ मा अस्पतालको क्यान्टिन संचालन सम्झौता गरेका थिए । अधिकारी र ओलीले सेटिङमा क्यान्टिन संचालन अनुमति दिएको आरोप छ ।
उजुरीमा गुजेश्वरीले क्यान्टिन संचालन गर्नका लागि २५ लाख कमिसन दिएको आरोप लगाइएको छ । क्यान्टिन संचालनको लागि टेण्डर सूचना प्रकाशित गर्दा उक्त सूचनाको भाग २ को बुँदा नंं २ (च) (छ) (ज) मा भएको अनिवार्यरुपमा पेशगर्नुपर्ने कागजात र न्यूनतम योग्यताका आधारहरु पेश नगरेको, नक्कली कागजातहरु पेश गरेको थियो । लेखाका उपसचिव हिमलाल अधिकारी र लेखाअधिकृत महानराज ओलीले गुजेश्वरीसँग प्रभावित भएर सम्झौता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएको उजुरीमा उल्लेख छ ।
गुजेश्वरीले चमेनागृह संचालन सम्बन्धी १५ दिने सिलवन्दी प्रस्ताव सूचनामा अनिवार्यरुपमा पेश गर्नुपर्ने कागजात र न्यूनतम योग्यताका ७ बर्षको कार्य अनुभव र हाल उक्त सेवा संचालन गरिरहेको प्रमाणपत्र नक्कली पेश गरेको, स्वच्छताको न्यूनतम गुणस्तर प्रतिवेदन पेश नगरेको उल्लेख छ । गुजेश्वरीले अनुभवको प्रमाणपत्र नै नक्कली पेश गरेको पुष्टि भइसकेको छ । गुजेश्वरीले ओम अस्पताल र महाराजगञ्ज नर्सिङ क्याम्पसमा क्यान्टिन संचालन गरेको अनुभवको प्रमाणपत्र पेश गरी वीर अस्पतालको क्यान्टिनको ठेक्का लिएको खुलेको छ । तर ती दुवै ठाउँमा गुजेश्वरीले क्यान्टिन संचालन नै नगरेको पुष्टि भइसकेको छ । गुजेश्वरीमाथि कीर्ते कागजात पेश गरेकोमा समेत प्रहरीले अनुसन्धान गर्ने भएको छ ।
गुजेश्वरीले अनुभवको प्रमाणपत्र कीर्ते पेश गरेकोमात्र होइन, अन्य आवश्यक मापदण्ड समेत पूरा नगरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको उजुरीमा उल्लेख छ ।
एक प्रमुख भान्छे र तीन जना भान्छेको व्यक्तिगत विवरण, योग्यता, अनुभव र प्रशिक्षण पेश गरेको हुनुपर्नेमा क्यान्टिनको अनुमति पाएको गुजेश्वरी होटलले ती कुनै पनि पेश नगरेको उल्लेख छ । योग्यता नपुगेको स्पष्ट हुँदाहुँदै लेखाका उपसचिव अधिकारी र लेखाअधिकृत महानराज ओलीले सेटिङमा गुजेश्वरी होटलसँग सम्झौता गरेको उजुरीमा उल्लेख छ । गुजेश्वरीले खानेकुरा पनि महङ्गो र गुणस्तरहीन खुवाउनुका अतिरिक्त सफाइ पनि नभएको उजुरीमा उल्लेख छ ।
लेखाका उपसचिव र अधिकृतसँग् सेटिङ गरी क्यान्टिनको ठेक्का पाएको उक्त होटलले खानाखाजाको दररेट पनि अस्वाभाविक राखेको आरोप छ ।
सतर्कता केन्द्रले त गुजेश्वरीलाई ऐन नियम बिपरीत क्यान्टिनको ठेक्का दिएकाले रद्द गर्न २०८२ बैशाख ९ गते नै निर्देशन दिएको थियो ।
गुजेश्वरी होटल प्रालिको स्वीकृत प्रस्ताव सार्वजनिक खरिद ऐन, २०६३, नियमावली, २०६४ तथा प्रस्ताव गरेको आधारभूत शर्त र मापदण्डविपरीत भएको देखिंदा उक्त प्रस्तावलाई रद्द गरी पेश भएका क्राइटेरिया पुगेका प्रस्तावदाताहरुमध्येबाट सारभूत रूपमा प्रभावग्राही प्रस्ताव छनौट गर्न गराउनुहुन र सो को जानकारी यस केन्द्रमा गराउनुहुन भ्रष्टाचार निवारण (पहिलो संशोधन) ऐन, २०६१ को दफा ३८ (छ) बमोजिम निर्देशन दिएको छ । तर सतर्कताले दिएको निर्देशन समेत वीर अस्पतालका लेखाका उपसचिव अधिकारी र लेखाअधिकृत ओलीले पालना गरेका छैनन् ।
अख्तियारमा दर्ता भएको उजुरमा अधिकारी र ओलीको मिलेमतोमा यही असार महिनामा ८ कर्मचारी भर्ना गर्दासमेत आर्थिक लाभ लिएर गरेको उल्लेख छ । अस्पतालमा कार्यरत कार्यालय सहयोगीहरुलाई हटाएर आर्थिक लाभ लिएर नियुक्ति गर्ने चलखेल भइरहेको उजुरीमा उल्लेख छ ।
वीर अस्पतालका लेखाका उपसचिव अधिकारी र अधिकृत ओलीले क्यान्टिनदेखि अन्य सामान खरिदमा अनियमितता गरी अकूत सम्पत्ति आर्जन गरेकाले छानबिनको माग गर्दै अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र र सम्पत्ति शुद्धीकरण अनुसन्धान अनुसन्धान बिभागमा समेत उजुरी परेको छ ।
वीर अस्पतालको क्यान्टिनले अनुमतिका क्रममा कीर्ते अनुभवको प्रमाणपत्र पेश गरेको र तोकिएको मापदण्ड पूरा नगरेकोबारेमा लेखाका उपसचिव हिमलाल अधिकारी र लेखा अधिकृत महानराज ओलीसँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend