काठमाडौं । नेपालको सबैभन्दा पुरानो वीर अस्पतालमा भद्र निमित्त निर्देशकलाई दबाबमा राखेर केही कर्मचारीहरुले स्वास्थ्य क्षेत्रका मेडिकल माफियासँगको मिलेमतोमा अबैध सम्पत्ति आर्जन तथा गैरकानुनी लगानी गर्नेहरुले फाइदा लिइरहेका छन् ।
जेनजी बिद्रोहपछिको चुनावमा दईतिहाई बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकार आएपछि वीर अस्पतालको बेथिति हट्ने, सुशासन कायम हुने अपेक्षा गरिएको थियो । तर वीर अस्पतालका निमित्त निर्देशकलाई समेत गुमराहमा राखी डा. दीपककुमार मिश्रले अस्पतालमा अधिकारै नभए पनि खरिद, लेखा, प्रशासन र स्टोरमा हस्तक्षेप गर्दैआएको आरोप छ । उनको भूमिका बिचौलिया जस्तो भएको टिप्पणी अदालतभित्रैका कर्मचारीको छ ।
अस्पताल सम्बन्धी ब्यापारीसँग उनले कुस्त लाभ लिइरहेको आरोप मिश्रमाथि लाग्ने गरेको छ । अस्पताल सुधार जेनजी अभियानले मिश्रका बिरुद्ध प्रधानमन्त्री कार्यालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका मन्त्री, सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रमा छानबिन तथा कारबाही गर्न माग गर्दै उजुरी दर्ता गरेका छन् । साथै अभियानले सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागमा पनि गैरकानुनी रकम आर्जन तथा लगानी छानबिन गर्न माग गर्दै उजुरी दर्ता गरेको छ ।
उजुरीकर्ता एक अभियन्ता जो वीर अस्पतालमा उपचार गराउँदा पीडितसमेत हुन् । उनी बताउँछन्– डा. मिश्र आफ्नो तथा श्रीमती नताशाको नाममा स्वार्थ बाझिने गैरकानुनी स्वास्थ्य संस्था स्थापना, संचालन, संचालक, शेयरधनी छन् । साथै श्रीमती नताशाका नाममा समेत कम्पनी दर्ता तथा संचालन गरेको उजुरीमा उल्लेख छ ।
साथै अस्पतालका विभिन्न शाखामा आफ्नो प्रहरी र प्रशासनसँग राम्रो पहुँच छ भन्ने गरेको आरोप छ । मिश्रका कारण लेखा शाखा र स्टोरका कर्मचारी तथा वरिष्ठ चिकित्सकहरु नै वाक्कदिक्क भएको उजुरीमा उल्लेख छ । उनलाई कमिसन बुझाउने व्यापारीलाई मात्रै पीओ दिन दबाव दिन्छन् । उनले आफूले सिफारिस गरेका कम्पनी वा संस्थाको मात्रै भुक्तानी दिन लेखा शाखामा दबाव दिन्छन् । भुक्तानी रकमको १२ देखि १३५ कमिसन लिने गरेको उल्लेख छ ।
यस्तो बिचौलियागिरीको बिरोध गर्नेलाई उनी प्रहरी प्रशासन लगाएरै भए पनि ठेगान लगाउने भन्ने गरेका छन् । उनले कर्मचारीहरुलाई तनाव दिन चुल्ठेमुन्द्रेहरुलाई अस्पतालमै घुमाउने गरेको आरोप पनि छ ।
मिश्रले आफू सरकारी जागिरमा भए पनि बिभिन्न संस्था स्थापना र गैरकानुनी लगानी गरेको उजुरीमा उल्लेख छ । उनले श्रीमती नताशाका नाममा ललितपुर महानगरपालिका वडा नम्बर २८ मा मा रेड प्लस हेल्थ केयर प्राइभेट लिमिटेड संचालन गरिरहेका छन् ।

रेड प्लसलेस्वास्थ्य क्लिनिक, औषधि, सर्जिकल सामान आयात बिक्री वितरण, ठेक्कापट्टा लगायत काम गर्दछ । ललितपुर महानगरपालिका २८ मै डा. मिश्रको इनोभा हार्ट एण्ड हेल्थ केयर सेन्टर प्रा.लि. पनि संचालनमा छ । इनोभाले स्वास्थ्य परीक्षण, अस्पतालको बोलपत्रमा सरिक भई कार्यहरू गर्ने गर्दछ ।
डा. मिश्रले आफू र आफ्नी श्रीमतीको नाममा नेपाल स्वास्थ्य सेवा ऐन, नियमावली र निजामती सेवा नियमावलीबिपरीत ब्यापारीक कम्पनी संचालन गरिरहेका छन् ।
स्वास्थ्य सेवा ऐन– २०५३ को दफा ५९ मा स्वास्थ्य सेवामा कार्यरत कर्मचारीले स्वास्थ्य क्लिनिक वा अस्पताल वा नर्सिङ होम खोल्न तथा सञ्चालन गर्न नपाउने ब्यवस्था छ । नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को विविध नियम ११२ विपरीत, निजामती सेवा ऐन २०४९ दफा ४८ (क) मा कुनै बैंक वा कम्पनीको स्थापना, रजिष्ट्रेशन वा सञ्चालनको काममा भाग लिन नपाउने कानुनी व्यवस्था रहेको छ । निजामती सेवा नियमावली २०५० को नियम १७७ विपरीत उनले ब्यवसाय संचालन गरेका छन् ।
भ्रष्टाचार निवारण ऐन २०५९ दफा १४ मा गैरकानुनी व्यापार व्यवसाय गर्ने राष्ट्रसेवकलाई आफ्नो वा अर्काको नाममा कुनै फर्म वा कम्पनी वा संस्थाको हिस्सेदार भएमा कसूर अनुसार कैद वा जरिवाना हुने व्यवस्था छ ।
निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धित नियमावली, २०६५ को नियम ९ ले व्यापार व्यवसाय गर्न नहुने ब्यवस्था छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत कर्मचारीको आचरसंहिता २०८३ विपरीत, राष्ट्रिय सदाचार नीति,२०८३ विपरीत, भष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना ९ आ.व. २०८२–८३-२०८७-८८० विपरीत एवं उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २०८१–८–७ को निर्णय अनुसार सहायक प्राध्यापक (शिक्षक) पनि हुन् । सो कारण प्रतिष्ठान शिक्षक नियमावली २०६४ को नियम १०१ को पनि विपरीत संस्था, फर्म दर्ता गरी सञ्चालन गर्नु गैरकानुनी छ ।
माथि उल्लेखित नियमविपरीत तथा स्वार्थ बाझिने स्वास्थ्य संस्था स्थापना र गैरकानुनी लगानी गरेकोले नियमानुसार सम्पत्ति छानबिन तथा कारबाही गर्न उजुरीमा माग गरिएको छ ।
मिश्रले वीर अस्पतालमा गरेका अनियमितता
डा. दीपक कुमार मिश्र अस्पतालमा आफू छायाँ निर्देशकका रुपमा प्रस्तुत हुने गरेका छन् । निमित्त निर्देशकलाई प्रभावमा पारी मुटु विभागमा काम नगरी सधै निर्देशक कार्यालयमा बसी जबर्जस्ती खरिद, लेखा, प्रशासन र स्टोरले पेश गरेको फाइल हेर्ने र सम्बन्धित व्यापारीहरूलाई बोलाउने र कमिसन उठाउने काम गर्दैआएको स्टोरको कर्मचारी स्रोत बताउँछ । अस्पतालमा अत्यावश्यक समान कोटेसनमा लिँदा कमिसन दिने फर्मसँग मात्रै लिने गरेको आरोप छ ।
गएको आर्थिक वर्षको रु. २३ करोड बजेट आफूनिकट ब्यापारीलाई दिन नसक्ने भएपछि सो बजेट फ्रिज गराएको आरोप पनि उनीमाथि लागेको छ । उनले आफूलाई कमिसन दिने ब्यापारीको मात्रै भुक्तानी गराउन आफैं फाइल बोकेर हिड्ने गरेको आरोप छ । अस्पतालका खरिदमा उनको कुनै भूमिका र आधिकारिक पत्र पनि उनीसँग छैन तर माथि प्रहरी र प्रशासनमा पहुँच छ भन्दै सबै उच्चपदस्थ कर्मचारीलाई उनले प्रभावमा राखेका छन् ।
अस्पतालमा अत्यावश्यक औषधि अभाव छ, न्यूरो ओटी र युरो ओटीको समान बिग्रेर अप्रेसनमा बाधा परेको छ तर मिश्रको दबाबमा नचाहिने समान मगाएर स्टोरमा थन्क्याएर राखेका छन् । कमिसनका लागि अनावश्यक सामान मगाइएको छ । आवश्यक अस्पतालजन्य समानको भने अभाव छ । गत हप्ता अस्पतालले गरेको करोडौं भुक्तानीको लाखौं कमिसन ललितपुरको एक नाम चलेको होटलमा ब्यापारीलाई बोलाएर लिएको आरोप छ ।
असार पहिलो हप्ता अस्पतालले भुक्तानी गरेको अक्सिजन, चियाखाजा, पानी, फोहोरमैला, लिफ्ट मर्मत, सूचना प्रकाशन भुक्तानी, प्लास्टिक झोल खरिद, इन्फोटक करार भुक्तानी लगायतसँग पनि लाखौं बुझेको आरोप छ । एबीजी जाँच समान मगाउँदा एकै पटक १ वर्षका लागि मगाउन लगाएर १२ लाख झ्वाम पारेका थिए ।
मिश्रले विपन्न गरिब बिरामीका लागि प्रयोग हुने मुटुको उपचारमा लाग्ने मेडिकल डिभाइस आफूनिकट ब्यापारीलाई अनियमित तवरले ठेक्का दिएको स्रोत बताउँ छ । जसमा ठूलो कमिसनको चलखेल भएको थियो । मिश्रले अस्पतालले गर्न लागेको मेडिकल सर्जिकल बोलपत्र तयार गर्ने पनि आफैं हस्तक्षेप गरिरहेको अस्पतालकै चिकित्सक गुनासो गरिरहेका छन् ।
डा. दीपककुमार मिश्रसँग उनीमाथि लागेका आरोपका बारेमा प्रतिक्रियाका लागि वीर अस्पतालको फोन नम्बरमा सम्पर्क गर्दा उनको ब्यक्तिगत मोवाइल नम्बर प्राप्त हुन सकेन । उनीसँग सम्पर्क भएपछि उनको प्रतिक्रियालाई यथोचित स्थान दिएर राख्नेछौं ।
अख्तियारदेखि राष्ट्रिय सतर्कता केन्द्रमा परेको उजुरीको दर्ता नम्बर

काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend