शिवकुमार थापा
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स), वीर अस्पतालको चमेनागृह सञ्चालनका लागि अनुमति दिँदा नै ठूलो आर्थिक चलखेल भएको एक जना प्रतिस्पर्धिले बताएका छन् । हाल स्वीकृत गरिएको गुजेश्वरी होटल प्रालिले नक्कली अनुभव पेश गरेको छ ।
ओम अस्पतालमा काम गरिरहेको भन्ने कागजात उक्त होटलका सञ्चालकले पेश गरे पनि ओम अस्पतालका प्रशासन स्रोतका अनुसार चमेनागृह सञ्चालनका लागि रमाइलो चौतारीका विजय खड्काले सम्झौता गरेका छन् । हाल रमाइलो चौतारीकै बिल आफूहरुले प्राप्त गरेको हुँदा अर्को सञ्चालक नभएको ओम अस्पतालका कर्मचारी इन्द्र बस्नेतले बताए । गुजेश्वरी होटलले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट कुनै प्रमाण पनि नलिएको बताइन्छ । तथापि उहि फर्मलाई बीर अस्पतालको क्यान्टिन सञ्चालनका लागि आशीर्वाद प्राप्त भएको छ ।
वीर अस्पतालमा चमेनागृह सञ्चालनका लागि सुरुदेखि नै चलखेल भएको हुँदा आफूले उजुरी दिएको तर, कतैपनि सुनुवाई नभएको सुनिल क्यान्टिन तथा खुद्रा कपडा पसलका सञ्चालकले बताए । उजुरीमा आर्थिक चलखेलकै कारण मापदण्ड बिपरीतको कम्पनीलाई स्वीकृति दिएकोमा आफूहरु कानूनी उपचारका लागि जान तयार भएको बताएका छन् । उनको भन्दा हाल स्वीकृति दिइएको गुजेश्वरी होटल प्रालिको दररेट उच्च छ ।
वीर अस्पतालमा मासिक भाडा २ लाख ४५ हजार भनिए पनि खानाका अन्य परिकारहरुमा सस्तो दररेटमा उपलब्ध गराउनुपर्ने हुन्छ । तर, कम दररेटको अर्को प्रतिस्पधिलाई नदिएर उपकुलपति प्रा.डा. भूपेन्द्र बस्नेत, प्रशासनका उपसचिव सीताराम खड्का, लेखाअधिकृत महानराज ओलीलगायतका टीम आर्थिक प्रलोभनमा फस्न पुगेको बताइन्छ । चमेनागृह सञ्चालनका लागि उपकुलपति बस्नेतले सिधै डिल गरी दोस्रो नम्बर प्राप्त फर्मलाई उक्त चमेनागृह सञ्चालन गर्न दिइएको छ । यस विषयमा सूचना अधिकारी तथा उपसचिव सीताराम खड्कासँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनी एक घण्टापछि कुरा गर्नू भन्दै पन्छिए ।
बिरामी र कुरुवाहरुले खाने अस्पतालका कतिपय चमेनागृह सञ्चालनमा ठूलो रकमको चलखेल हुँदै आएको छ । खासगरी यो प्रचलन सरकारी अस्पतालमा अझ बढी छ । निजी अस्पतालहरु न्यूरो अस्पताल बाँसबारी, बयोधा अस्पताल जस्ता अस्पतालमा भन्दा पनि केही सरकारी अस्पतालको खानाको दररेट बढी छ । शिक्षण अस्पताल महाराजगञ्जमा खाना गुणस्तरहीन भएको भन्दै पटक पटक सिल मारिएको छ । तर, पनि प्रशासनका कर्मचारीको अवैध आर्थिक चलखेलका कारण तिनै व्यक्तिहरु हावी हुँदै आएका छन् ।
देशको जेठो अस्पताल वीर अस्पतालको चमेनागृह सञ्चालनमा पनि पछिल्लो समयमा ठूलो चलखेल हुँदैछ । गुजेश्वरी होटल प्रालिलाई बोलपत्र स्वीकृति दिँदा नै करोडौं रकमको चलखेल भएको एक प्रतिस्पर्धीले लिखित उजुरी नै हालेका छन् । २०७१ सालमा कान्ति बाल अस्पतालमा चमेनागृह सञ्चालन गर्दा उक्त होटलले जथाभावी मुल्य लिने गरेको, म्याद नाघेको सामान, लेवल नभएका सामान बिक्री गरेको फेला परेको थियो । उक्त समयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक हरिनारायण बेल्बासेको नेतृत्वमा अनुगमन गरिएको थियो । तथापि वीर अस्पताल प्रशासनले त्यही होटललाई चमेना गृह सञ्चालनार्थ चावी सुम्पिएको एक दैनिकमा सूचना प्रकाशन गरिएको छ ।
काठमाडौं। बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ। मन्त्रालयले मंगलबार नुवाकोटका...
काठमाडौँ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत...
काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रको स्वास्थ्य सेवाको अवस्था, स्थानीय नागरिकका स्वास्थ्य आवश्यकता तथा सम्भावित स्वास्थ्य जोखिमको स्थलगत अवलोकन गर्न स्वास्थ्य...
काठमाडौं । विपदबाट प्रभावित नागरिकको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भदौ १० गतेदेखि नै प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, औषधि,...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा अत्यावश्यक स्वास्थ्य सामग्री अभाव हुन नदिन अहोरात्र लागिरहेकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend