काठमाडौं । सबैभन्दा जेठो र पुरानो अस्पताल भनेर सर्वसाधारणले वीर अस्पताललाई चिन्ने गरेका छन् । सर्वसाधारणले वीर अस्पताललाई आशाको केन्द्र माने तापनि त्यसभित्रका विकृति र विसंगतिको चाङले त्यत्तिकै दुर्गन्धित बनाएको छ । दुर्गन्धितमात्रै बनाएको छैन, वीर अस्पतालमा कार्यरत केही चिकित्सक र भ्रष्ट स्टोरका कर्मचारीहरुले यसलाई आफ्नो पेवा जस्तै बनाएका छन् ।
अस्पताललाई आवश्यक स्वास्थ्य सामग्री खरिद, अनावश्यक खरिद र थन्क्याउने, कर्मचारी भर्ना, सरुवा, बढुवा र नयाँ नियुक्तिमा समेत ठूलो धनराशीको चलखेल हुने गरेको स्रोत बताउँछ ।
वीर अस्पतालमा हुने गरेको भष्टाचार र अनियमितताको छानबिन अहिलेसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्तकता केन्द्रले समेत मिहीन ढंगले सकेका छैनन् । २०६७–०६८ तिर वीर अस्पतालमा शाखा अधिकृतको रुपमा प्रवेश गरेका (क.स.न. १५९८११००) अर्जुन गौतमले खरिद र कर्मचारी भर्नामा ठूलो आर्थिक संकलन गरेको आरोप छ । अस्पतालका खरिद र कर्मचारी भर्नामा आर्थिक चलखेल भएका प्रमाण र उजुरी अख्तियारमा अझै सुरक्षित छन् ।
हाल सतर्कता केन्द्रले सो सम्बन्धमा समेत छानबिन गरिरहेको अस्पताल प्रशासनका पदाधिकारी बताउँछन् ।
गौतम लामो समयसम्म वीर अस्पतालमा हालीमुहाली गर्दै आएका थिए । गौतम खुल्ला प्रतिस्पर्धाबाट नभई फाइल बढुवाबाट उपसचिव बनेका थिए । वीरमा उपसचिव भएपछि उनी लामै समय बस्न सफल भए । त्यसपछि गौतम सहसचिवमा बढुवा भए । सहसचिवमा बढुवा भएपछि सरकारले गौतमलाई २०८० फागुनमा मधेश प्रदेश पठाएको थियो । उनी मधेश प्रदेशमा तीन महिना पनि बस्न नसकी सामान्यको बरन्डा हुँदै फेरि वीर अस्पतालमा आउन सफल भएका छन् । मेडिकल माफियाको योजनामा उनी पुनः वीरमा प्रवेश गर्न सफल भएका छन् ।
यसरी सरकारले आवश्यक ठानेर मधेश प्रदेश पठाएका सहसचिव गौतम फेरि वीरमै फर्किफर्की आउनुको रहस्य के छ ? यस्ता कर्मचारी त वीर अस्पताल र मन्त्रालयमा कति छन् कति ? वीरमा बसी खरिद र कर्मचारी भर्नामा अनियमितता गर्ने यस्ता कर्मचारीमाथि अख्तियारले छानविन गर्न नसक्नु जस्तो लाजमर्दो अवस्था के हुन सक्छ ?
वीर अस्पतालभित्र हुने भ्रष्टाचार, अनियमितता र बेथितिको छानविन गर्न नसक्नु सरकार र सम्बन्धित निकायको गैरजिम्मेवारीपनका रुपमा लिइएको छ । हाल उनी र उनको समूह मेडिकल स्टोरका टिकाराम पनेरु, जनरल स्टोरका बैकुण्ठ लुइँटेल लगायत अस्पतालभित्रका खरिदमा कमिसन उठाउने, कर्मचारी नियुक्तिमा अग्रिम रकम लिने, उपकुलपति र शिक्षाध्यक्ष, डिन, सहायक डिनलाई आफ्नो कमिसनको फाइल सदर नगरे अख्तियार, प्रहरी र साइवर ब्यूरो हाल्छु भन्दै धम्क्याउने गर्दैआएका छन् । कर्मचारीले आवाज उठाए प्रहरीकोमा धम्की दियो भन्दै उजुरी गर्ने गरेको प्रशासन स्रोत बताउँछ ।
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend