Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वराजाको अभिव्यक्तिलाई समर्थन गर्दै राप्रपाले गर्‍यो आन्दोलनको आह्वान


    बुधबार, फाल्गुन ७ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले देशमा विद्यमान विकराल अवस्था अन्त्य गरेर देशलाई संकटमुक्त राख्न सबै नेपाली जनतालाई एकजुट भएर आन्दोलनमा अघि बढ्न आह्वान गरेको छ । बुधवार सो पार्टीका महामन्त्री डा।धवलशम्शेर राणाले सो आह्वान गरेका हुन् ।

    राप्रपाको आन्दोलन परिचालन समितिका संयोजक समेत रहेका राणाले प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहबाट राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धि र उन्नतिका लागि सबै नेपालीहरूलाई साथ दिन आह्वान भएको भन्दै उनको अभिव्यक्तिलाई स्वागत समेत गरेका छन् ।

    उनले भनेका छन् स् ‘यहि परिप्रेक्ष्यमा देशमा विद्यमान विकराल अवस्था अन्त्य गरेर देशलाई सङ्कटमुक्त राख्न सम्पूर्ण राष्ट्रवादी प्रजातन्त्रवादी देशभक्त नेपालीलाई जनतालाई एकजुट भएर आन्दोलनमा अघि बढ्न अनुरोधका साथ आह्वान गर्छु ।’

    प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो मन्तव्य जारी गर्दै ‘राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धी र उन्नतिका निमित्त हामीलाई साथ दिन’ सबै देशबासीलाई आह्वान गरेका थिए। उनले अब समय आयो भन्दै त्याग गर्न तयार रहेको बताएका थिए।

    पूर्वराजा शाहले देशका लागि आफ्नो समर्पण र निष्ठा सदैव रहने बताएका थिए। राष्ट्रको हितका लागि आफूले त्याग गरेको र त्यागलाई कमजोरी नसम्झिन उनले आग्रह गरेका छन्। उनले भने, ‘कतै कुनै पन र पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो। हाम्रो त्यागको अर्थ र आशय पनि त्यही नै हो।’

    पूर्वराजाले प्रजातन्त्र आशा जगाउने प्रणाली रहेको भन्दै तीन दशकयताको स्थिति यस्तो नरहेको उल्लेख गरेका छन्। व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्ररी बदल्न नसक्नु दुःखद कुरा रहेको उनले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार