Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वामदेवले नेकपाको तेस्रो धारको नेतृत्व गर्ने


    शुक्रबार, पुष १७ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । संसदमा दुई तिहाई बहुमत प्राप्त नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजित भई प्रचण्ड–माधवको एक धार र केपी ओली नेतृत्वको अर्को धारका रुपमा एक अर्कालाई गालीगलौजको बर्षा गरिरहेका छन् । तर नेकपा विभाजन होइन, एकता गर्नुपर्छ भन्ने धारको नेतृत्व वामदेव गौतमले गर्दैआएका छन् ।

    घरमा झगडा भयो भनेर प्रधानमन्त्री ओलीले घरमै आगो लगाइदिएपछि नेकपा छिन्नभिन्न भएको हो । प्रधानमन्त्री र नेकपाको अध्यक्षमध्ये एक पदबाट राजीनामा दिनुपर्ने पार्टीको बहुमतको निर्देशन पालना नगरी प्रतिनिधिसभा नै बिघटन गर्ने कार्यलाई घरझगडा भयो भनेर घरमै आगो लगाउने कामका रुपमा लिइएको छ ।

    पार्टी एकताको पक्षमा लागेका वामदेव गौतमको चाहना बिपरीत नेकपा विभाजन भएपछि उनी कतै पनि लागेका छैनन् । पार्टीमा उनकै कारण बढी विवाल सृजना भएपनि उनी बीच बीचमा ओलीको ललिपपमा लोभिंदा उनको छवि पनि धुमिल बन्दै गएको छ । उनी ओली वा प्रचण्ड–माधव कता लाग्ने हुन् भन्ने अड्कलबाजी भइरहेको बेला उनले भने आफू एकताका पक्षधरको तेस्रो धारको नेतृत्व गर्ने बताएका छन् । उनी प्रचण्ड–माधवतिर लाग्ने चर्चा भएपछि उनले मुख खोलेका छन् । उनले आफू कतै नलाग्ने तेस्रो धारको नेतृत्व गर्ने प्रष्ट पारेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार