ललितपुर । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देशमा नयाँ तानाशाह आउन थालेछि प्रधानमन्त्री केपी शर्मा ओलीले निकाय दिन संसद विघटन गर्नुपरेको स्पष्ट पारेका छन् ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउने, प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताब ल्याएर हटाउने र प्रधानन्यायधिश चेलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउने तयारी भएपछि अन्तिम अवस्थामा बाध्य भएर संसद विघटन गरी चुनाव घोषणा गर्नुपरेको बताएका छन् ।
नेकपा ललितपुर पार्टी महानगर समितिले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अबको निर्वाचनमा नेकपाले पुनः बहुमत ल्याउने ठोकुवा गरेका छन् । उनले भने–‘देशलाई ठुलो संकटबाट जोगाउन बाध्य भएर संसद विघटन गर्नुपरेको हो, अबको निर्वाचनमा सबै एकजुट भएर लाग्नुको विकल्प छैन ।
‘यदि नमिलेको खण्डमा फुटेर गएका प्रचण्ड–माधव नेपाल गुटको नामोनिसाना रहँदैन । पार्र्टी फुटाएको हल्ला गर्नेहरुले अवसर नपाएर बाटोमा कुर्लिदै हिड्न थालेको आरोप लगाउदै उनले भने–‘घरमूलीलाई हटाएर बाटोमा हामी यहा छौ भन्नु हास्यास्पद हो ।
उतले अगाडि भने–उनीहरुको आन्दोलनको कुनै औचित्या छैन । हामीले पार्टी अध्यक्ष प्रचण्डलाई हटाएका छैनौ, नेता नारायणकाजी श्रेष्ठलाई कारबाही गरेका छैनौ । श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारबाट हटाएका मात्र हौ ।
हामीलाई पेरिसडाँडा चाहिदैन, धुम्बाराही र बल्खु पार्टी कार्यालय हाम्रोे हो, हाम्रो पार्टी कार्यालयमा प्रवेश गर्न दिदैनौ । ‘म यो भन्न चाहन्छु कि आफ्नो सम्पत्तिमा कसैले हस्तक्षेप गर्दैन, ललितपुर पार्टी कार्यालय तपाईहरुको हो, कसैले कब्जा गर्न खोज्यो कि त्यसलाई रोक्नुपर्छ’–उनले भने ।
मन्त्री श्रेष्ठले भने, नेकपाको चुनाव चिन्ह सूर्य हो, हामी सूर्य चिन्हबाट चुनावमा उठ्नेछौं । उनले प्रचण्ड–माधव नेपाल र झलनाथ खनाललाई सूर्य चिन्हबाट चुनाव लड्न दिने टिप्पणी गरे । उनीहरुलाई सूर्य चिन्ह चाहिएको हो भने एक एक थान सूर्य चिन्ह दिन्छौं त्यहीँबाट उठ्न पाउँछन् ।
उनले जनताको बिचमा ताजा जनादेश दिएर बैशाख १७ र २७ गतेको चुनावमा खटिन सबैलाई आग्रह गरे । भेलामा बोल्दै गृहमन्त्री रामबहादुर थापा(बादल) ले सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रगामी कदम भएको बताए ।
थापाले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले घोषणा गरेको मध्यावधि निर्वाचन मार्फत आफूहरु फेरि विजयी हुने र राष्ट्र र जनताको जिम्मेवारी पूरा गर्ने दाबी गरे । उनले पार्टीमा विभाजन गर्नु देशी विदेशी शक्तिको हात रहेको टिप्पणी गर्दै भने–कसैलाई राष्ट्रपति र प्रधानमन्त्री पद नपाएको कारण कारण पार्टीमा समस्या आएको जिकिर गरे ।
उनले भने, हामीले इतिहासले दिएको जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व रहेको उल्लेख गर्दै त्यसको लागि नेकपामा मिल्नुको विकल्प नभएको तर्क गरे । उनले प्रचण्डले जारी गरेको १९ बुँदे आरोपपत्रले देशमा संकट ल्याएको उल्लेख गर्दै उनको हदसम्मको आरोपको कारण पार्टीभित्र दुई गुट देखिएको बताए । उनले पार्टी फुट्नबाट बचाउन धेरै प्रयास ग¥यौ, उनीहरुकै कारण पार्टीभित्र दुई गुट हुन पुग्यो ।
महानगर कमिटीले आयोजना कार्यक्रममा विघटित प्रतिनिधिसभाका सांसद नवराज सिलवाल, महानगर इन्चार्ज सुशीला नेपाल,राष्ट्रियसभा सदस्य कोमल वली,नेकपा ललितपुर जिल्ला अध्यक्ष हरिकृण ब्यन्जनकार लगायतले पार्टी विभाजन नभएकाले कार्यकर्तालाई नअलमलिन आग्रह गरेका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend