Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पुन: भारत भ्रमणको तयारीमा परराष्ट्रमन्त्री ज्ञवाली


    शुक्रबार, पुष १७ २०७७
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीकाे भारत भ्रमणकाे तयारी पुन: सुरू भएकाे छ। 

    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादका कारण होल्डमा रहेको परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणको तयारी पुन: थालिएको हाे ।

    यस अगाडि डिसेम्बरको दोस्रो साता भ्रमण गर्ने गरी गृहकार्य भएको थियो तर नेकपाभित्रको विवादका कारण सो भ्रमण हुन सकेन्, त्यसपछि जनवरीको पहिलो हप्ता भ्रमण गर्ने गरी तयारी गरिएको थियो ।

    तर प्रधानमन्त्री केपी ओलीले अकस्मात् संसद भंग गरेपपछि सो मितिमा भ्रमण हुन सकेन् । अब जनवरीका दोस्रो साता भ्रमण गर्नेगरी दुवै पक्षले तयारी अगाडि बढाएका छन् ।

    तर आगामी हप्ताबाट सर्वाेच्चमा संसद विघटनको बारेमा छलफल हुने भएकाले तत्कालै मिति भने घोषणा नगरिने स्रोतकाे भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार