काठमाडौं । सर्वोच्च अदालतले पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको ठहर गरेको छ । बालुवाखानी संचालन अनुमति दिने एमाले नेता निर्मल कुइँकेलसहित ९ जनालाई सर्वोच्चले दोषी ठहर गरेको छ । पशुपति विकास कोषको सदस्य सचिव हुँदा कुँईकेलले बालुवाखानी संचालन गर्ने अनुमति दिएका थिए । कोषका अर्का पूर्व सदस्यसचिव सुशील नाहटालाई पनि दोषी ठहर गरेको छ ।
सर्वोच्चका न्यायाधीशहरु कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको इजलासले बालुवा खानी संचालन गर्न अनुमति दिने तत्कालीन जिल्ला विकास समितिका स्थानीय विकास अधिकारीहरु महेन्द्रलाल श्रेष्ठ, प्रेमराज जोशी र गोपाल पराजुलीलाई पनि कैद र जरिवाना तोकेको छ । कुइँकेललाई ६ बर्ष कैद सजाय तोकेको छ । उनले ८३ लाख ४१ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै त्यति नै जरिवाना हुने आदेश दिएको छ । नाहाटालाई ६ वर्ष कैद सजाय सुनाएको छ भने ९१ लाख ६३ हजार रुपैंया भ्रष्टाचार गरेको ठहर गरेको छ ।
काठमाडौं जिल्ला विकास समितिका तत्कालीन स्थानीय विकास अधिकारी महेन्द्रलाल श्रेष्ठलाई बालुवाखानी सञ्चालन गर्न दिँदा जिविसको रोयल्टीमा साढे ३८ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको छ । सर्वोच्चले उनलाई ७८ लाख ५३ हजार जरिवाना हुने आदेश गरेको छ ।
काठमाडौं जिल्ला विकास समितिका तत्कालीन स्थानीय विकास अधिकारी गोपाल पराजुलीलाई ६ बर्ष कैद सजाय हुने फैसला भएको छ । उनले ६२ लाख ३७ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको छ । सर्वोच्चले उनलाई भ्रष्टाचार गरेको रकमको दोब्बर १ करोड २२ लाख जरिवाना हुने फैसला गरेको छ । पराजुली वर्तमान कोशी प्रदेशसभाका सचिव हुन् ।
प्रदेशको आन्तरिक मामिला तता कानुन मन्त्रालयको सचिवबाट राजीनामा दिएर २०७६ बैशाखमा कोशी प्रदेशसभाको सचिवमा नियुक्ति भएका उनी ५ बर्षे कार्यकाल पूरा गरी २०८१ बैशाखमा पुनः नियुक्त भएका थिए ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend