काठमाडौं । सर्वोच्च अदालतले पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको ठहर गरेको छ । बालुवाखानी संचालन अनुमति दिने एमाले नेता निर्मल कुइँकेलसहित ९ जनालाई सर्वोच्चले दोषी ठहर गरेको छ । पशुपति विकास कोषको सदस्य सचिव हुँदा कुँईकेलले बालुवाखानी संचालन गर्ने अनुमति दिएका थिए । कोषका अर्का पूर्व सदस्यसचिव सुशील नाहटालाई पनि दोषी ठहर गरेको छ ।
सर्वोच्चका न्यायाधीशहरु कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको इजलासले बालुवा खानी संचालन गर्न अनुमति दिने तत्कालीन जिल्ला विकास समितिका स्थानीय विकास अधिकारीहरु महेन्द्रलाल श्रेष्ठ, प्रेमराज जोशी र गोपाल पराजुलीलाई पनि कैद र जरिवाना तोकेको छ । कुइँकेललाई ६ बर्ष कैद सजाय तोकेको छ । उनले ८३ लाख ४१ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै त्यति नै जरिवाना हुने आदेश दिएको छ । नाहाटालाई ६ वर्ष कैद सजाय सुनाएको छ भने ९१ लाख ६३ हजार रुपैंया भ्रष्टाचार गरेको ठहर गरेको छ ।
काठमाडौं जिल्ला विकास समितिका तत्कालीन स्थानीय विकास अधिकारी महेन्द्रलाल श्रेष्ठलाई बालुवाखानी सञ्चालन गर्न दिँदा जिविसको रोयल्टीमा साढे ३८ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको छ । सर्वोच्चले उनलाई ७८ लाख ५३ हजार जरिवाना हुने आदेश गरेको छ ।
काठमाडौं जिल्ला विकास समितिका तत्कालीन स्थानीय विकास अधिकारी गोपाल पराजुलीलाई ६ बर्ष कैद सजाय हुने फैसला भएको छ । उनले ६२ लाख ३७ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको छ । सर्वोच्चले उनलाई भ्रष्टाचार गरेको रकमको दोब्बर १ करोड २२ लाख जरिवाना हुने फैसला गरेको छ । पराजुली वर्तमान कोशी प्रदेशसभाका सचिव हुन् ।
प्रदेशको आन्तरिक मामिला तता कानुन मन्त्रालयको सचिवबाट राजीनामा दिएर २०७६ बैशाखमा कोशी प्रदेशसभाको सचिवमा नियुक्ति भएका उनी ५ बर्षे कार्यकाल पूरा गरी २०८१ बैशाखमा पुनः नियुक्त भएका थिए ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend