काठमाडौं । माओवादी जनयुद्धका योद्धा तथा पहिलो संविधानसभाका सदस्य बालकृष्ण ढुंगेल पार्टी विभाजनपछि केपी ओली नेतृत्वको नेकपामा लागेका छन् ।
उनी रामवहादुर थापा बादल, टोपवहादुर रायमाझी र लेखराज भट्टको समूहबाट अहिले ओली पक्षमा पूर्व माओवादी पंक्तिको संख्या बढाउन क्रियाशील भएका छन् ।
ढुंगेल आफूमात्र होइन देशभरका पूर्व माओवादी लडाकुहरुको टिम बनाएर ओली पक्षमा खुलाउने दौडधूपमा खटिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी विभाजन भएपश्चात वर्षौंसम्म प्रचण्डलाइ साथ दिएका बालकृष्ण अब भने उनकाे साथ छाडेका छन्।
प्रचण्डले चालेका कदमलाई उनले संक्षिप्तमा बेठीक, अबैज्ञानिक र अराष्ट्रवादी भनेर टिप्पणी गरेका छन् ।
ढुंगेलले भने– प्रचण्डले लिएको पछिल्लो जति पनि घटनाक्रम छन्, ती बेठिक, अवैज्ञानिक र अराष्ट्रवादी छन् त्यसैले मैले उहाँको साथ छाडेँ ।
पार्टीको उच्च नेतृत्वमै रहेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, कमल चौलागाईलगायतले प्रचण्डको साथ छाडेर ओलीतिर लागेका छन् । यसै मेसोमा ढुंगेल पनि ओली पक्षतिरै लागेका हुन् ।
ढुंगेल नेकपा ओली पक्षले हालै विस्तार गरेको महाधिवेशन आयोजक कमिटीका सदस्य बनेका छन् ।
सर्वस्वसहित जन्मकैदको सजाय भोकेर सरकारको सिफारिसमा बाँकी कैद मिनाह पाइ छुटेका हुन् बालकृष्ण।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend