Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • नेसपाको कोषाध्यक्षमा हरि रिजाल निर्विरोध निर्वाचित


    मंगलबार, माघ २९ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को कोषाध्यक्षमा हरि रिजाल निर्विरोध निर्वाचित भएका छन् ।

    काठमाडौंमा जारी प्रथम अधिवेशनमा कोषाध्यक्षमा रिजाल र गोकर्णराज अधिकारीको उम्मेदवारी परेको थियो । अधिकारीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि रिजाल निर्विरोध निर्वाचित भएका हुन् ।

    दाङका रिजाल स्वास्थ्य व्यवसायी पनि हुन् । उनी नयाँ शक्तिको स्थापनाकालदेखि वैकल्पिक राजनीतिमा क्रियाशील छन् । यसअघि महिला उपाध्यक्षमा मानुषी यमी भट्टराई र दलित उपाध्यक्षमा दुर्गा सोब पनि निर्विरोध निर्वाचित भइसकेका छन् । मानुषी र सोब दुवैको एकल उम्मेदवारी परेको थियो ।

    नेसपा नयाँ शक्तिको संशोधित विधान अनुसार केन्द्रीय समिति ९९ सदस्यीय हुनेछ । केन्द्रीय समितिमा ९० जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत चुनिने छन् । ९ जना भने मनोनीत हुनेछन् । पदाधिकारीको संख्या ११ हुनेछ ।

    अध्यक्ष पदमा भने अध्यक्षमा डा। बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईँको उम्मेदवारी दर्ता भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार