काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले अबको पार्टी सभापति र प्रधानमन्त्रीमा डा. शेखर कोइरालालाई प्रस्ताव गरेका छन् । आज (सोमबार) जीपी फाउन्डेसन भक्तपुरको कार्यक्रममा बोल्दै उनले अब कांग्रेस सभापति र प्रधानमन्त्री दुवै डा. कोइराला हुने जिकिर गरेका हुन् ।
कांग्रेसलाई भूमिकाविहीन बनाइएको र देश विकासको श्रेय प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइएको भन्दै उनले यस्तो अवस्थामा पुर्याउने शेरबहादुर देउवालाई प्रधानमन्त्री र सभापति कुनै पनि पदमा अब स्वीकार नगर्ने उद्घोष गरे ।
‘कांग्रेसलाई यो अवस्थामा पुर्याउनेलाई अब कुनै पनि रूपमा अघि बढाउन सकिँदैन’, सुजाताले भने, ‘अबको प्रधानमन्त्री शेखर कोइराला हो, अबको कांग्रेसको सभापति पनि डा. शेखर कोइराला नै हो ।’ उनले फाउन्डेसन राजनीतिक फोरम नभए पनि आफूले यहीँबाट यस्तो घोषणा गरेको बताए ।
देशमा प्रजातन्त्र कमजोर रहेको र कांग्रेस भूमिकाविहीन अवस्थामा देखिएको उनले टिप्पणी गरे । ‘देशमा प्रजातन्त्र एकदम कमजोर भएको छ । यो देश कांग्रेसले हाँकेको छैन, ओलीजीले लिड गरिराख्नु भएको छ । शेरबहादुरजी स्याडोमा हुनुहुन्छ । उहाँ (देउवा) दिनभर केमा भुलिरहनु भएको छ मैले बुझ्न सकेको छैन’, उनले भने, ‘विकास निर्माणका केही काम भइरहेका छन्, तर त्यसको श्रेय ओलीजीले एक्लै लिइराख्नु भएको छ ।’
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend