काठमाडौं । काठमाडौंबाट सात जना गुन्डा पक्राउ परेका छन्। केक काट्ने बहानामा हतियार प्रदर्शन गर्दै सामाजिक सञ्जालमार्फत् आतंक फैलाएको आरोपमा प्रहरीले गुन्डाहरू पक्राउ गरेको हो ।
बुधबार काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका घर भई काठमाडौं-२६ पवित्रनगर बस्ने २९ वर्षीय रोमन आले, तनहुँ भानु नगरपालिका-६ घर भई काठमाडौं पवित्रनगर बस्ने ३६ वर्षीय मनोहर थापामगर, गोरखा आरुघाट गाउँपालिका-७ घर भई पवित्रनगर नै बस्ने २७ वर्षीय सुमन पराजुली रहेका छन्।
यस्तै, काभ्रे रोशी गाउँपालिका-७ घर भई भक्तपुर सूर्यविनायक बस्ने २६ वर्षीय रोशन तामाङ, तनहुँ भानु नगरपालिका-११ घर भई पवित्रनगर बस्ने ३९ वर्षीय गुणबहादुर गुरुङ, गोरखा आरुघाट गाउँपालिका-६ घर भई पवित्रनगर बस्ने २९ वर्षीय पदमबहादुर मगर र दोलखा बैतेश्वर गाउँपालिका३ घर भई काठमाडौं-७ सुकेधारा बस्ने ३९ वर्षीय गोपाल मोक्तान रहेका छन्।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतका अनुसार १०/१५ जनाको समूहमा रहेका गुन्डाहरूले टिकटकलगायत सामाजिक सञ्जालमा तरबार र खुकुरीले केक काटेको भिडिओ पोष्ट गरेका थिए।
‘उनीहरूको विगतको पृष्ठभूमिबारे अनुसन्धान भइरहेको छ, आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ,’ एसएसपी बस्नेतले भने, ‘गुन्डाहरूविरूद्ध हाम्रो अपरेसन सुरू भएको छ।’
गत शुक्रबार नयाँ कार्यालय प्रमुखको रुपमा हाजिर भएपछि बस्नेतले राजधानीमा गुन्डाहरूको गतिविधिमाथि निगरानी बढाइएको बताएका थिए।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend