काठमाडाैँ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकमा देखिएको राजनीतिक अस्थिरता चाँडै अन्त्य हुने बताउनुभएको छ । किरात राई यायोक्खा महानगर समितिद्वारा उद्यौली पर्वको उपलक्ष्यमा विराटनगर–११ स्थित किरात राई यायोक्खा सामूहिक चुल्लो भवन (खिम)को आज उद्घाटन गर्दै जनतामा सङ्घीय र प्रदेशमा रहेको स्थिर सरकारको अन्यौलतासम्बन्धी निरासा केही समयभित्रमा सकारात्मक हुनुका साथै विकास र समृद्ध कार्य द्रुतरुपमा अगाडि वढ्ने विश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री राईले लोकतन्त्रमा हामीले हाम्रो भाषा, धर्म र संस्कृति संरक्षणको सङ्गठितरुपमा कार्य गर्नुपर्ने बताउँदै अन्यथा नेपालीको पहिचान हराउने धारणा व्यक्त गर्नुभयो । धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले चुल्ला हाम्रो मौलिक परम्परा हो भन्दै आफ्नो थलो छोडेर आएकाको व्यावहारिक समस्या सामूहिकरुपमा समाधान भएको बताउनुभयो । महानगर समितिका अध्यक्ष विष्णुकुमारी राईको सभापतित्वमा भएको उक्त उद्घाटन समारोहमा वडा नं ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने, सामाजिक अभियन्ता वसिम आलम र आदिवासी जनजाति महासङ्घ मोरङ अध्यक्ष दिलबहादुर थेवेलगायतले सरकारले सबै जातजातिको धर्म, संस्कृतिको सम्मान एवं संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
विराटनगर–११ स्थित तीन कट्ठा १५ धुर जग्गामा दुई तल्लो भवनमा एक सामूहिक चुल्हो (खिम), दुई सभा हललगायत पाँच बटा कोठा रहेका छन् । सङ्घीय सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रु २५ लाख, प्रदेश नं १ सरकार अन्तर्गत भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले रु ६० लाख तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु १० लागत तथा अन्य दाताको गरी रु एक करोड १० लाखमा भवन निर्माण कार्य सम्पन्न गरिएको हो । सोही अवसरमा मुख्यमन्त्री राईले रु ४० लाख मूल्य बराबरको एक कट्ठा जग्गा निःशुल्क उपलब्ध गराउने मेजर मानबहादुर राईलगायत अन्य दातालाई सम्मान पत्रद्वारा सम्मान गर्नुभएको थियो । मुख्यमन्त्री राईले सञ्चारकर्मी नारायणभक्त राईद्वारा लिखित किरात राई समुदायको प्रथाजनित कानून पुस्तकको समेत विमोचन गर्नुभयो ।
––––
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend