Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डोरमणि पौडेललाई संसदीय दलको नेताबाट हटाइयो, शाक्य मुख्यमन्त्रीमा प्रस्तावित 


    बुधबार, पुष १५ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडांै । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई संसदीय दलको नेतबाट हटाइएको छ । उनलाई संसदीय दलको नेताबाट हटाएर नेकपाका बहुमत सदस्यले अष्टलक्ष्मी शाक्यलाई चयन गरेका छन् । नेकपाको प्रचण्ड–माधव पक्षको बहुमत रहेको बागमती प्रदेश संसदीय दलबाट  पौडेललाई हटाएको हो । मुख्यमन्त्री पौडलेविरुद्ध यसअघि नै अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । नेकपा विभाजनपछि मुख्यमन्त्री पौडेलको पद संकटमा परेको हो ।

    बागमती प्रदेशमा नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले ओली निकट पौडेललाई हटाएर शाक्यलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । प्रचण्ड–माधव पक्षमा सांसदहरुको संख्या ओली पक्षमा भन्दा बढी भए पनि सरकार बनाउने बहुमत पुग्दैन । मुख्यमन्त्री पौडेल भने सरकार टिकाउन सबै खालका हत्कण्डा प्रयोग गर्न तल्लीन छन् । घरघरमै गएर सांसदहरुलाई मन्त्रीपदको ललीपप बाँड्ने काम पनि ओली पक्षले गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार