काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको विघटन संविधानको मर्म र भावनाविरुद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज भृकुटीमण्डपमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले संविधानमा हुँदै नभएको प्रावधान प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरिए पनि वास्तविक अर्थमा विघटन नभएको बताउनुभयो ।
“सदनभित्र गएर विकल्प खोज्दा देखिएन भने मात्र प्रतिनिधिसभा विघटन हुन सक्छ भन्ने व्यवस्था संविधानमा राखिएको हो”, प्रतिनिधिसभाभित्र सरकार बन्ने चार विकल्प हुँदासम्म विघटन गर्न नसकिने जिकिर गर्दै उहाँले भन्नुुभयो, “तर अहिले संविधानको मर्म र भावनामाथि निर्मम ढङ्गले प्रहार गरिएको छ, यो सदन, सार्वभौम सांसद र नेपाली जनताको लामो सङ्घर्ष र बलिदानमाथिको प्रहार हो ।” संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद् विघटन गरिनु बिडम्बनायुक्त भएको बताउँदै उहाँले भन्नुुभयो, “सदन विघटन भएको छैन, सदन जीवित छ, सरकार संविधानको मर्म र जनताको भावना विपरीत गएको छ, प्रतिनिधिसभा पुनःस्थापना नहुञ्जेल आन्दोलन रोकिँदैन ।”
संविधानको अक्षर र भावनालाई सर्वोच्च अदालतले सम्मान गर्ने विश्वास व्यक्त गर्दै उहाँले संविधानको मर्म र भावना न्यायालयले बुझ्दैन भनेर आफूले सोच्न पनि नसक्ने बताउनुभयो । प्रतिनिधिसभा विघटनविरुद्ध जनताले गरेको प्रदर्शनलाई संसद् पुनःस्थापनाका लागि दबाब दिएका रुपमा नबुझ्न न्यायालयलाई आग्रह गर्दै उहाँले यसलाई जनताको प्रतिरोधलाई सहजीकरणका रुपमा हेरिदिन आग्रह गर्नुभयो । समयमै गल्ती सच्याएर जाँदा जनताले माफी दिने जनाउँदै उहाँले प्रतिनिधिसभा पुनःस्थापना नहुञ्जेल आन्दोलनको आँधीबेहरी सिर्जना गरिने चेतावनी दिनुभयो ।
पार्टीभित्र बहस र छलफल शुरु गर्दा अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनको खेल खेलेको आरोप लगाउँदै उहाँले प्रधानमन्त्री कहिल्यै बैठकमा बस्न तयार नभएको जिकिर गर्नुभयो । पार्टी एकता हुँदाको बखत निर्वाचन आयोगमा पेश गरिएको केन्द्र्रीय सदस्यको विवरणअनुसार आफूहरुसँग ७० प्रतिशतभन्दा बढी सदस्य रहेको जिकिर गर्दै उहाँले पार्टीको आधिकारिता र निर्वाचन चिह्न सूर्य आफूहरुले नै पाउने जिकिर गर्नुभयो ।
सो अवसरमा नेकपा केन्द्रीय सङ्घर्ष समितिका संयोजक एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद् पुनःस्थापना नभएसम्म आफूहरुको आन्दोलन नरोकिने बताउनुभयो । ऐतिहासिक आन्दोलन, संविधानको मर्म र भावना विपरीत सरकारले संसद् विघटनको सिफारिश गरेको जनाउँदै उहाँले सरकारको कदमविरुद्ध देशव्यापी आन्दोलनलाई बुलन्द पार्न आग्रह गर्नुभयो ।
पार्टी स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेशका इञ्चार्ज अष्टलक्ष्मी शाक्यले लगातार पार्टी कमिटीको बैठक बहिष्कार गर्नाका साथै जनप्रतिनिधिमूलक संस्था विघटन गरेर ओलीले जनभावना विरुद्ध कदम चालेको आरोप लगाउनुभयो । विरोधसभाअघि राजधानीका १३ स्थानबाट जुलूस नगर परिक्रमा गर्दै भृकुटीमण्डप पुगेको थियो ।
टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार, कुपण्डोललगायत स्थानबाट निस्केको जुलूसलाई पार्टीका शीर्ष नेताले नेतृत्व गर्नुभएको थियो । नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध जनप्रदर्शन गर्न सचिवालय सदस्य श्रेष्ठका संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय सङ्घर्ष समिति गठन गरेको थियो । यही पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेकपा सडक सङ्घर्षमा उत्रिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend