Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • सचेतक बरालद्वारा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता, वातावरणीय लेखापरीक्षण कानुन निर्माणको माग


    बुधबार, माघ १६ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले)की सचेतक सुनिता बरालले सार्वजनिक महत्त्वको प्रस्ताव प्रतिनिधिसभामा दर्ता गराउनुभएको छ । उहाँले नेपालमा वातावरणीय लेखा परीक्षण कानुन निर्माण गर्नुपर्ने सार्वजनिक जरुरी महत्वको प्रस्ताव दर्ता गराउनुभएको हो ।

    एमाले केन्द्रीय सदस्यसमेत रहनुभएकी सचेतक बरालले दर्ता गराउनुभएको प्रस्तावमा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र प्रारम्भिक वातावरणीय परीक्षण (आईई) सँग सम्बन्धित कानुन निर्माणका बिषय उल्लेख छन् ।

    सचेतक बरालको प्रस्तावमा एमालेका सांसद ठाकुरप्रसाद गैरे, नेपाली कांग्रेसका सांसद प्रतिमा गौतम, नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका सचेतक सांसद निशा डाँगी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक सांसद बिना लामाले समर्थन जनाउनु भएको छ ।

    नेपालका उच्च वातावरणीय जोखिम भएका उद्योगहरूलाई अनिवार्य वातावरणीय लेखापरीक्षण गर्ने व्यवस्था लागु गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार