Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुदूरपश्चिम प्रदेशका भौतिक मन्त्री बर्खास्त


    मंगलबार, पुष १४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरेका छन् । बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको जानकारी मुख्यमन्त्री भट्टले गरेका छन् ।

    यसअघि ओली नेकपा निकट १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेका थिए । आज भट्टले सुदूरपश्चिमका मन्त्री बोहरालाई पदमुक्त गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकारमा प्रचण्ड–माधव पक्षको बहुमत छ । मुख्यमन्त्र िभट्ट प्रचण्ड–माधव समूहका हुन् । पदमुक्त मन्त्री बोहरा डडेलधुराबाट निर्वाचित प्रदेश सांसद हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार