Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस चुनावबाट भाग्न चाहँदैनः गगन थापा


    सोमबार, पुष १३ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले गरेको प्रतिनिधिसभा विघटन संविधान विपरित भएको बताउनुभएको छ। 

    प्रतिनिधिसभा विघटनको विरुद्धमा आज नेपालगञ्जमा भएको कांग्रेसको विरोधसभामा उहाँले भन्नुभयो, “कांग्रेस चुनावबाट भाग्न चाहँदैन तर संविधान मिचेर गरिने कुनै पनि निर्णयलाई मान्न सकिँदैन ।” 

    प्रदेशसभा सदस्य मोहम्मद याकुब अंसारी, बाँके कांग्रेसका अध्यक्ष किरण कोइराला, नगर समिति अध्यक्ष प्रशान्त विष्ट र रमेश गुप्ताले मुलुकको वर्तमान राजनीतिको विविध पक्षमाथि प्रकाश पार्नुभयो । 

    यसैगरी आजै बाँकेको क्षेत्र नं १ को कोहलपुरमा र ३ को खजुरामा पनि कांग्रेसले विरोधमा प्रदर्शन गरेको छ ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार