जनकपुर । प्रदेश २ सरकार पनि प्रतिनिधिसभा विघटनको विरोधमा सडकमा उत्रिएको छ । प्रदेशका भौतिक विकास तथा पूर्वाधार मन्त्री जितेन्द्र सोनल प्रदेश सरकारको अगुवाई गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमविरुद्ध सडक आन्दोलनमा उत्रेका हुन् ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री सोनलले प्रधानमन्त्री ओलीको कदमप्रति व्यङ्ग्य गर्दै ‘कम्युनिस्टहरुको हातमा सत्ता जानु भनेको बाँदरको हातमा नरिवल थमाउनुजस्तै’ रहेको बताए ।
उनले भने, ‘कम्युनिस्टको बहुमतको सरकार रहे पनि पार्टीको आन्तरिक विवाद मिलाउन नजान्दा संसद नै विघटन गर्नु अनुचित र असंवैधानिक कदम हो ।’
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेको विरोधमा आईतबार जनकपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै मन्त्री सोनलले प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीबाट डर र त्रास बढेर संसद विघटनको बाटो रोजेको टिप्पणी गरे ।
उनले संसद विघटन गर्नुभन्दा बरु जसपासँग सहयोगको याचना गरेको भए सहज निकास निस्कन्थ्यो भनेर राजनीतिक व्यङ्ग्य पनि गरे।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend