विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाका बहुमत सांसदको हस्ताक्षरसहितको अविश्वास प्रस्ताव दर्ता भएको छ । अविश्वास प्रस्ताव दर्ता हुनासाथ प्रदेश १ को सरकार अल्पमतमा परेको छ ।
आइतबार दर्ता भएकोअविश्वास प्रस्तावमा ३७ सांसदले हस्ताक्षर गरेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र माधव नेपाल पक्षले भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अगाडि सारेको छ । १ नम्बर प्रदेशमा नेकपाका ९३ सांसद छन् । बहुमतका लागि ४७ सांसदको आवश्यकता पर्दछ । अविश्वास प्रस्तावमा ४७ सांसदको हस्ताक्षर भए पनि ४० सांसद आफ्नो पक्षमा रहेको दाबी प्रचण्ड–माधव पक्षको छ ।
प्रचण्ड–माधव नेपाल पक्षका प्रदेश सरकारका राज्यमन्त्री रामकुमार मगर ओलीतिर लागेका छन् । मगरबाहेकका अरु सांसदलाई पनि ओली पक्षमा ल्याउनका लागि प्रदेशका भौतिक राज्यमन्त्री अम्बिर गुरुङ साम दाम दण्डभेद सहित लागेका छन् ।
१ नम्बर प्रदेशमा पनि कांगे्रेस नै निर्णायक हुने भएको छ । प्रदेशसभामा नेपाली कांग्रेसका २१ सांसद छन् । जनता समाजवादी पार्टीका ३, राप्रपाका १ र लिम्बुवानका १ सांसद छन् ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend