Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपाका दुवै समूह कार्यकर्ता तानातानमा


    आइतबार, पुष १२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । संसदमा दुईतिहाई बहुमतको शक्तिशाली पार्टी हुँदा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को बैठक महिनौंसम्म बस्दैनथ्यो । प्रधानमन्त्री केपी शर्मा ओली बैठक राख्नै मान्दैनथे । तर प्रतिनिधिसभा भंग भएपछि नेकपा विभाजित भइसकेको छ । विभाजित दुवै समूहले दैनिक केन्द्रीय समिति बैठक राखिरहेका छन् । दुवै समूहले आगामी रणनीति तय गर्न आज पनि बैठक राखेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूह र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले दैनिकजसो बैठक राखिरहेका छन् । दुवै समूहका केन्द्रदेखि जनवर्गीय संगठनका बैठकहरुका बैठक चलिरहेका छन् । दुवै नेकपाका प्रदेश र स्थानीय तहमा पनि बैठकहरु भइरहेका छन् । कार्यकर्ता तान्नका लागि दुवै समूहले बैठक राख्दैआएका छन् । प्रचण्ड–नेपाल पक्ष कार्यकर्तालाई आफ्नो पार्टी नै मूलधार भएकाले बिचलित नहुन आग्रह गरिरहेको छ भने ओली समूह पुरानो एमालेको लिगेसी आफूसँग भएको, सूर्य चिह्न पनि आफैंले पाउने भन्दै कार्यकर्तालाई उत्साहित बनाइरहेको छ ।

    सत्तामा भएकाले ओली समूहले विभिन्न आश्वासन दिएर पनि आफ्नो पक्षमा कार्यकर्ता तानिरहेको छ । ओली पक्षले स्थानीय तहमा निर्वाचित मेयर र अध्यक्षलाई १११९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक समितिमा राखेर पनि प्रचण्ड–नेपाल पक्षबाट रोक्न खोजिरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार