काठमाडौ, ५ बैशाख । पैदल यात्रामा निस्केकाहरूलाई स्थानीय सरकारले घरमा लैजाने व्यवस्था मिलाउनुपर्ने माग सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले गरेका छन्।
उनले शुक्रबार ट्वीट गर्दै पैदल हिँडेकाहरू बास बसेका ठाउँमा त्यहाँको स्थानीय सरकारले क्वारेन्टाइनमा खाना र बास व्यवस्था मिलाउन पनि श्रेष्ठले आग्रह गरेका हुन्।
उनका अनुसार लकडाउनको अवस्थामा घर जान पैदल यात्रामा निस्किसक्नु भएकाहरूको दुख व्यथा सहजै अनुभूत गर्न सकिन्छ । उहाँहरूलाई सम्बन्धित स्थानीय सरकारले सम्पर्क गरी सहज ढंगले घरमा लैजाने व्यवस्था गर्नुहोला ।
अबदेखि कोही पनि आफू बस्ने गरेको ठाउँबाट ननिस्कन उनले आग्रह गरेका छन्। लकडाउन कडाइपूर्वक पालना गरी स्व क्वारेन्टाइनमा बस्नुपर्ने श्रेष्ठको भनाइ छ।
‘सरकारले घरभाडा र खानाको समस्या परेकाहरूको समस्या समाधान तुरून्त गरौं,’ उनले भनेका छन्, ‘सम्बन्धित व्यक्तिको घरमा रहेको परिवारसमेत उसको आम्दानीबाट मात्र बाँच्न सक्ने स्थिति हो भने त्यो पनि हल गरौं।’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend