Nepal Face
  • आइतबार, १० साउन २०८३
  • र्‍यापिड टेस्टमा पोजेटिभ देखिएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ


    शुक्रबार, बैशाख ५ २०७७
    910
    Shares
  • १ मिनेट पाठ
  • धादिङ, ५ बैशाख । र्‍यापिड टेस्टमा पोजेटिभ देखिकएका धादिङका युवकको नतिजा पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

    ज्वालामुखी ३ का वडाध्यक्ष रुद्रमान श्रेष्ठले गत फागुन २० गते दक्षिण कोरियाबाट नेपाल आएका धादिङका २७ वर्षीय युवकको र्‍यापिड टेस्टको पोजेटिभ नतिजा पिसिआरमा नेगेटिभ देखिएको  जानकारी दिए।

    ज्वालामुखी गाउँपालिका घर भएका उनको र्‍यापिड टेस्ट गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको थियो। लगत्तै जिल्ला अस्पतालमा भर्ना गरिएको उनको स्वाब पिसिआर परीक्षणको लागि काठमाडौं पठाइएको थियो।

    युवकको परिवारका तीन जना सदस्यको पनि आजै र्‍यापिड टेस्ट गर्ने तयारी भएको श्रेष्ठले जानकारी दिए।

    सामाजिक संस्थामा काम गर्ने युवक दक्षिण कोरियाबाट आएर सिधै हेटौंडा पुगेका थिए। त्यहाँ १५ दिन बसेर उनी घर धादिङ पुगेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार